close

सामसङ फोनमा ‘वान यूआई ४.०’ अपडेट गर्नुभयो ? यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १०:८

सामसङ फोनमा ‘वान यूआई ४.०’ अपडेट गर्नुभयो ? यस्ता छन् मुख्य फिचर

काठमाडौं । सामसङले आफ्ना स्मार्टफोनका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ । डिजाइन, गोपनीयता र सुरक्षासम्बन्धी नयाँ फिचर समावेश गर्दै कम्पनीले ‘वान यूआई ४’ सार्वजनिक गरेको हो ।

यसको स्टेबल भर्सन केही समय अघिमात्रै सार्वजनिक भएको थियो । जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो चरणमा उपलब्ध हुनेछ ।

यीमध्ये केही डिभाइसमा अहिले नै उपलब्ध भइसकेको छ । भने, डिसेम्बरभित्र ‘एस’ सिरिजका सम्पूर्ण स्मार्टफोनमा उपलब्ध हुने जनाइएको छ ।

प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न र उनीहरूको गोपनीयतालाई मध्यनजर गर्दै कम्पनीले यूआई ४ सार्वजनिक गरेको हो । जसमा धेरै नयाँ फिचर उपलब्ध भएका छन् ।

आज हामी यस भिडिओमार्फत साममसङको नयाँ अपडेटमा के के फिचर थपिए भनेर देखाउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२