close

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त

टेकपाना टेकपाना

मंसिर २७, २०७८ १९:१२

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त

काठमाडौं । क्लासिक टेकको नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्की नियुक्त भएका छन् । ब्राण्ड एम्बेस्डर नियुक्तसम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी र कलाकार कार्कीले हस्ताक्षर गरेका छन् ।

लोकप्रिय अभिनेता कार्कीका छड्के, लुट, पशुपति प्रसाद, जात्रौ जात्रा, गोपी लगायतका चलचित्र सफल छन् ।

‘कार्कीको सफलता, लगाव एवं क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायित्व अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको हो,’ क्लासिक टेकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

करोडौं दर्शकमाझ लोकप्रिय अभिनेता कार्कीसँगको सम्बन्धले नयाँ उचाई प्राप्त हुने कम्पनीको विश्वास छ ।

सन् २००९ मा सुरू भएको क्लासिक टेकले १२ वर्षकाे अवधिमा ७४ जिल्लामा १०३ वटा ठाँउमा आउटलेट सञ्चालनमा ल्याएको छ ।

कस्टमर सपोर्टमा विशेष ग्राह्यता दिँदै आएको उल्लेख गर्दै कम्पनीले दुर्गम क्षेत्रदेखि साना-साना गाँउघरमा पनि आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

कम्पनीले निकट भविष्यमा सुलभ मूल्यमा ५०० एमबीपीएससम्मको हाई स्पिड इन्टरनेट सेवा ल्याउने जानकारी पनि दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२