close

नेपालमै पहिलोपटक १ जीबीपीएस इन्टरनेट ल्याउँदै क्लासिक टेक

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १६:३७

नेपालमै पहिलोपटक १ जीबीपीएस इन्टरनेट ल्याउँदै क्लासिक टेक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले नेपालमै पहिलोपटक १ जीबीपीएस इन्टरनेट ल्याउने भएको छ । कम्पनीले नेक्स्ट जेनेरेसनको प्रविधि वाई-फाई सिक्सको साथमा ‘टाकियन १ जीबीपीएस इन्टरनेट’ सेवा ल्याउन लागेको हो ।

कम्पनीले यो प्रविधिबाट ग्राहकलाई इन्टरनेट सेवा दिन अन्तिम परीक्षण भइरहेको र चाँडै नै सुरू गर्ने जानकारी दिएको छ । वाई-फाई सिक्सअन्तर्गत स्मार्ट कनेक्टिभी, बिमफर्मिङ, एमयू-एमआईएमओ लगायतका सुविधा रहनेछन् ।

सो प्रविधि अवलम्बन गरेपश्चात ग्राहकले हाई स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने कम्पनीको भनाइ छ । वाई-फाई सिक्स प्रविधिअन्तर्गत इन्टरनेटको स्पिड ३ जीपीएससम्म रहनेछ ।

‘पहिलो चरणमा क्लासिकटेकले १ जीबीपीएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको सबैमा जानकारी गराउँदछौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

डिभाइसमा वाई-फाई केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन् । वाई-फाई सिक्सले प्रयोगकर्तालाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने कम्पनीले जनाएकाे छ ।

‘यस प्रणालीमा वाई-फाई राउटरलाई एकैसाथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ, जसका कारण पर्खनुपर्ने समय घटाउँछ र वाई-फाई नेटवर्कको गति तीव्र बन्नेछ,’ कम्पनीले भनेकाे छ ।

वाई-फाई सिक्सपछि क्लासिक टेकले नेपालमा हाल प्रयोग भइरहेका डुअल ब्याण्डका राउटरहरू विश्चापित गराई नेपालभर ट्राइ ब्याण्ड राउटरहरू प्रयोगमा ल्याउने जानकारी दिएको छ ।

कम्पनीका अनुसार ट्राइ ब्याण्डमा एउटा २.४ गिगाहर्ज ब्याण्ड र ५ गिगाहर्ज ब्याण्ड गरी तीनवटा अलग-अलग सिग्नल ब्याण्डका कारण इन्टरनेट प्रयोगकर्ताले थप उपकरणहरू जडान नगिकनै उच्च गतिकाे इन्टरनेट प्रयोग गर्न सक्षम रहनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२