close

एनसेल प्रयोगकर्ताले थाहा पाउनैपर्ने नयाँ शर्ट कोडहरू

टेकपाना टेकपाना

मंसिर २८, २०७८ २१:१८

एनसेल प्रयोगकर्ताले थाहा पाउनैपर्ने नयाँ शर्ट कोडहरू

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोडहरू परिवर्तन गरेको छ ।

पहिले एसएमएस सेवा, नाेटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कका शर्ट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ ।

गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्टकोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

पुरानो कोडनयाँ कोडसेवा 
९००१७२०१सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
९००५१७२०२सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
९००७१७२०३पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि 
९००८१७२०४वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि 
९५९५१७२०५इन्टरनेट सेवाको लागि 
९००६१७२०६रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि 
९९६६१७२०७आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि 
९८९११७२०८रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि 
७८९९१७२०९ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि 
९८९३१७२१०ग्राहकको सर्वेक्षण गर्नको लागि 
७७२४ ३११२४प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२