close

जीपीएस र क्यामेरा जडित कारबाट सडक जोखिमको तथ्याङ्क संकलन गर्दै हाेन्डा

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १६:२

जीपीएस र क्यामेरा जडित कारबाट सडक जोखिमको तथ्याङ्क संकलन गर्दै हाेन्डा

काठमाडौं । जापानी गाडी निर्माता होन्डाले सडकको जोखिम अवस्थाको तथ्याङ्क संकलन गर्न आफ्ना कार प्रयोग गर्ने घोषणा गरेको छ ।

जीपीएस र क्यामेराहरू प्रयोग गरेर खराब लेनहरू र बाटोमा भएका खाल्डाहरूको रियल टाइम (वास्तविक-समय) मा जानकारी सङ्कलन गरिनेछ, जुन कम्पनीले भविष्यमा सडक सुधारका लागि राज्यका निकायलाई पठाउनेछ ।

हाेन्डा रिसर्च इन्स्टिच्युटबाट सञ्चालित यो पाइलट प्रोजेक्ट सडकको अवस्थाको सही तथ्याङ्क लिन ‘कनेक्टेड भेहिकल’ प्रविधि प्रयोग गर्ने पहिलो परियोजना भएको कम्पनीले दाबी गरेको छ ।

सुरुवाती चरणमा होन्डाले ओहायो यातायात विभागसँग सहकार्य गरेर सडक अवस्थाको विवरण २०२२ सम्म तयार गरेर उपलब्ध गर्ने बताइएको छ । होन्डाको कारहरूले चार रङ कोडहरू प्रयोग गरेर गाडीको बायाँ र दायाँ लेन लाइनहरू छुट्टाउनेछ ।

क्रमशः हरियो र पहेंलो रंगले राम्रो लेन चिन्हको अवस्थाको संकेत गर्छ भने खैरो रंगले लेन रेखाहरू छैनन् भनेर संकेत गर्नेछ । त्यस्तै रातो रंगले लेन चिन्हहरू मर्मत गर्न आवश्यक भएको संकेत दिनेछ ।

लामो समयदेखि, सवारी उद्योगहरूले सवारी साधनहरूलाई एकअर्कासँग सञ्चार गर्न अनुमति दिएर सडक सुरक्षा प्रत्याभूत गर्न ‘भेहिकल टु एभ्रिथिङ’ प्रविधि विकासको विषय उठाउदै आएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२