close

क्लासिक टेकका ग्राहकलाई खुसीको खबर, बढ्यो न्यूनतम स्पिड

टेकपाना टेकपाना

पुस १, २०७८ १४:५६

क्लासिक टेकका ग्राहकलाई खुसीको खबर, बढ्यो न्यूनतम स्पिड

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले आफ्नो ग्राहकको इन्टरनेट ब्याण्डविथ अपग्रेड गरेको छ ।

कम्पनीले ६५० प्रतिशतसम्म ब्याण्डविथ अपग्रेड गर्दै पुरानै मूल्यमा न्यूनतम १५० एमबीपीएसदेखि ३०० एमबीपीएस गतिकाे इन्टरनेट प्रदान गर्ने भएकाे हो ।

प्याकेज अपग्रेडपश्चात पुरानै शुल्कमा ग्राहकले उच्च गतिको इन्टरनेट अनुभव लिन पाउने कम्पनीको दावी छ ।

उच्च गतिको इन्टरनेटका लागि ५ गिगाहर्ज डुअल ब्याण्ड राउटर आवश्यक पर्नेहुँदा यसका लागि कम्पनीमा सम्पर्क गर्न सकिने समेत जनाइएको छ ।

यसका साथै कम्पनीले वाई-फाई सिक्स ट्राइ-ब्याण्ड राउटरको साथमा टाकियन १ जीबीपीएस इन्टरनेट सेवासमेत भित्र्याउने तयारी गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२