close

‘एनसेल बिजलाइट’ प्रिपेड प्लान सार्वजनिक, डेटा र भ्वाइसमा विशेष छुट

टेकपाना टेकपाना

पुस १, २०७८ १८:३५

‘एनसेल बिजलाइट’ प्रिपेड प्लान सार्वजनिक, डेटा र भ्वाइसमा विशेष छुट

काठमाडौं । साना तथा मझौला व्यवसायी र कार्यालयका लागि लक्षित गर्दै एनसेल आजियाटाले आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्नुपर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

साना तथा मझौला व्यवसायी र स-साना कार्यालयहरुलाई ध्यानमा राखी ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशता रहेका छन् ।

ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था छ । बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रबार (पुष २) बाट लागू हुनेगरी यो योजना ल्याइएको हो ।

ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यालयका साथीहरुसँग करसहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्नसक्छन् ।

त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रतिएसएसएस रु १.३० मा पाउँछन् ।

ग्राहकले एकपटक मात्र करसहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भएपछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् ।

यसका साथै ३० दिनसम्म जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन् । यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् ।

ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ प्याकअन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् ।

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्धि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ ।

यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ । यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ ।

विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२