close

एलन मस्कको भविष्यवाणी : एआईले यसरी पार्न सक्छ रोजगारीमा प्रभाव

टेकपाना टेकपाना

पुस २, २०७८ १२:३७

एलन मस्कको भविष्यवाणी : एआईले यसरी पार्न सक्छ रोजगारीमा प्रभाव

काठमाडौं । समय-समयमा एलन मस्कले प्रविधि र भविष्यलाई लिएर आफ्नो विभिन्न धारणाहरू प्रस्तुत गरिरहेका हुन्छन् । हालै एउटा कार्यक्रममा उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यमा मानिसका लागि रोजगारी सिर्जनामा प्रभाव पार्न सक्ने भएकोले आज नै विद्यार्थीहरूले आफ्नो भविष्य सुरक्षित हुने विषयलाई लिएर पढ्नु उचित हुने धारणा व्यक्त गरेका छन् । 

बिहीबार ‘वर्ल्ड कन्फ्रेन्स अन आर्टिफिसियल इन्टेलिजेन्स’ कार्यक्रममा बोल्दै मस्कले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्सले रोजगारीलाई अर्थहीन बनाउने अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्ति प्रति चिन्ता प्रस्तुत गर्दै सरोकारवालाहरूले आफ्नो भविष्य सुरक्षित छैन त ? भनी प्रश्न गर्दा उनले भनेका थिए, ‘नयाँ प्रविधिको विकासले सधैँ केही पुराना जागिरहरूलाई काम नलाग्ने बनाएको छ । यद्यपि यसले जागिरको नयाँ अवसरहरू पनि पैदा गरेको छ ।’ 

कुनै समय मान्छेले गर्ने कामलाई आज मसिनले गर्न सक्ने भए पनि सो मेसिनलाई नियन्त्रण गर्न भने मान्छेको नै आवश्यकता हुन्छ । आजको दिनमा मान्छेहरूले एआई सफ्टवेयर र प्रोग्राम तयार पारी मेसिनहरू बनाइरहेका छन् तर भोलि यस्तो समय आउनेछ जब एआई आफैँले आफ्नो लागि सफ्टवेयर बनाउनेछ । यस्तो अवस्थामा भविष्यमा कुन जागिर सुरक्षित छ भनेर भन्न नसक्ने उनले कार्यक्रममा बताएका थिए । 

‘यदि तपाईं मान्छे नै प्रयोग हुने कुनै क्षेत्रको लागि तयारी गर्दै हुनुहुन्छ भने यो तपाईंको भविष्यको लागि राम्रो हुनसक्छ,’ उनले थपे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२