close

६५ हजार विद्यार्थीलाई लर्निङ प्लेटफर्ममा जोड्दै स्कलर्स स्पेस

टेकपाना टेकपाना

पुस ३, २०७८ १९:३९

६५ हजार विद्यार्थीलाई लर्निङ प्लेटफर्ममा जोड्दै स्कलर्स स्पेस

काठमाडौं । कोभिड महामारीसँगै देशको अर्थतन्त्रमा निकै क्षति पुगेको छ । यसले शिक्षा र रोजगारीका क्षेत्रमात्रै नभई दैनिक क्रियाकलापमा समेत निकै हानी गरेको अवस्था छ ।

एकातर्फ सामान्य अध्ययनमा अप्ठ्यारो परेको र अर्कोतर्फ सीपमूलक सिकाइको कमीका कारण थुप्रै युवा बेरोजगार बन्नुपरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै व्यवसायिक तथा प्राविधिक सीप केन्द्रित रहेर सञ्चालन भइरहेको अनलाइन प्लेटफर्म हो, स्कलर्स स्पेस

विगत तीन वर्षदेखि सञ्चालित स्कलर्स स्पेस नेपालकै पहिलो प्रोफेसनल सोसियो लर्निङ्ग प्लेटफर्मको रूपमा परिचित छ । साथै अहिले यसलाई कम्प्लिट लर्निङ्ग नेटवर्कको रूपमा विस्तार गरिरहेको कम्पनीका संस्थापक एवं सीईओ रोहित सेन्चरी बताउँछन् ।

विद्यार्थीहरुलाई घरमै बसी सिकाइ पद्दति अघि बढाउन स्कलर्स स्पेसमा २० बढी कोर्षहरू उपलब्ध गराएको उनले बताए । यसअन्तर्गत ग्राफिक डिजाइनदेखि अफिस प्रडक्टिभिटी, गुगल प्रडक्टिभिटी, भिडिओ इडिटिङ, भिडिओग्राफी लगायतका कोर्ष छन् ।

यी सीपमूलक कोर्षसँगै शैक्षिक पाठ्यक्रम अनुसारका कोर्ष र प्लेटफर्ममै प्रतिक्रिया दिन मिल्ने फिचरसमेत छ । सीईओ सेन्चुरीका अनुसार हालसम्म यो प्लेटफर्ममा ६५ हजार विद्यार्थी जोडिएका छन् ।

प्लेटफर्ममा थप शैक्षिक पाठ्यक्रम तथा नोटहरु ल्याउने उनले बताए । साथै आफूहरु एन्ड्रोइड र आईओएस एप ल्याउने तयारीमा रहेको समेत उनले जनाए ।

के हो त स्कलर्स स्पेस ?

यो एउटा लर्निङ्ग नेटवर्क हो, जसमा विभिन्न क्षेत्रको सीप सिक्न/ सिकाउन, अन्तर्क्रिया गर्न र व्यवसायिकतालाई एक आयममा जोड्न सकिन्छ । यसमा सिक्ने र सिकाउने मात्र नभएर आफ्नो प्रतिभा प्रदर्शन गर्ने, स्लाइड शेयर गर्ने, ब्लगिङ गर्ने लगायतका फिचर समावेश छन् ।

स्कलर्स स्पेसका मुख्य फिचर

स्कलर्स स्पेसका सम्पूर्ण फिचर प्रयोग गर्नका लागि स्कलर्स स्पेस साइट वर्क स्पेस देख्न सक्नुहुन्छ । यसअन्तर्गत लर्न स्पेस, स्लाइड स्पेस, इन्ट्रान्स स्पेस र ब्लग स्पेस छ ।

लर्न स्पेस : यो स्पेस सिक्नका लागि हो । सिक्न र ग्रो हुनका लागि यो फिचरको प्रयोग गर्न सकिन्छ । लर्न स्पेसमा विभिन्न विधाका कोर्षहरू तपाईंले पाउन सक्नुहुन्छ ।

ब्लग स्पेस : यो स्पेस तपाईंको डिजिटल बुक हो, जहाँ तपाईंले आफ्नो अनुभव, विचार, सम्झना, जीवनको यात्रा आदि लेख्न सक्नुहुन्छ ।

इन्ट्रान्स स्पेस : यो एउटा ओपन इन्ट्रान्स अभ्यास गर्ने ठाउँ हो, जसमा इन्जिनियरिङ एजीरभेट लगायत विभिन्न विधाका विद्यार्थीहरुले आफ्नो क्षमातालाई अभ्यास गर्न सक्छन् । साथै अन्तिममा सम्पूर्ण रिपोर्ट समेत सहजरुपमा प्राप्त गर्न सक्छन् ।

स्लाइड स्पेस : स्लाइड स्पेस यस्तो स्पेस हो, जहाँ कोर्षहरु, कुनै पनि सूचना र स्टफहरु स्लाइडको फर्ममा डाउनलोड गर्न सक्नुहुनेछ ।

स्पेस : यहाँ तपाईं आफ्नो सीपमा केन्द्रित व्यक्तिहरुको कम्युनिटी बनाउन सक्नुहुन्छ ।

विभिन्न सिकाइ पद्धति चाहने व्यक्तिहरुलाई केन्द्रित गरी स्कलर्स स्पेसले सम्पूर्ण कोर्षहरु आफ्नो प्लेटफर्ममा उपलब्ध गराएको छ भने लाइभ ट्रेनिङ नै चाहिने व्यक्तिहरुका लागि लाइभ सेसन समेत गराउने कार्य स्कर्लर स्पेस गरिरहेको छ ।

अरूभन्दा फरेक के छ ?

कम्पनीले यो नेपालकै पहिलो प्रोफेसनल सोसियो लर्निङ प्लेटफर्म भनेर दाबी गर्छ । यसले सिक्ने र सिकाउने राम्रो स्पेस मात्रै प्रदान गर्दैन, हरेक व्यक्तिको क्षमता प्रदर्शन गर्ने, विभिन्न जानकारीका प्रेजेन्टेसन र स्लाइड शेयर गर्ने, सूचनामूलक पोडकास्टहरु शेयर गर्ने लगायतका फिचर दिन्छ ।

कस्तो प्रभाव पार्न सक्छ ?

स्कलर्स स्पेसको डिजिटल प्लेटफर्ममा प्रयोगर्कताले एक विद्यार्थीको रुपमा गहिरो सिकाइ अनुभव लिन सक्छ । उसले यहाँ अन्तर्क्रिया गर्दै सिक्ने अवसर पाउँछ ।

‘हामीले यो प्लाटफर्म यसकारण बनायौं कि, विद्यार्थीहरुले सिद्धान्त अनुसार सिक्न नसकेका कुरा यसबाट सजिलै सिक्न सक्छन् । यो इन्टरयाक्टिभ प्रोग्रामबाट व्यक्तिहरुले स्पस्ट भएर ज्ञान लिन पाउँछन्,’ रोहितले भने ।

स्कलर्स स्पेसमा धेरै रिसोर्सेसहरुको प्रयोग गरिएका छ । यसबाट प्रयोगकर्ताहरुले आफ्नो सिर्जनशीलतालाई अझ निखार्न सक्छन् । र अरुलाई पनि सिक्न उत्प्रेरित गर्न सक्छन् ।

कम्पनीले अन्य धेरै फिचर थप्दै लाने या जना ल्याएको छ । यस्तो महामारीका बेला शिक्षा क्षेत्र सेलाएको छ । स्कलर्स स्पेस एउटा लर्निङ प्लेटफर्ममात्र नभई विभिन्न विधाबाट आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ ।

वास्तवमा विद्यार्थी र शिक्षक दुवैका लागि यो एक साझा प्लेटफर्म हो । विद्यालय तहका लागि कक्षा १० सम्मका सिकाई सामग्री निःशुल्क प्रदान गरिएको छ ।

‘यसले वान स्टप लर्निङ कम्युनिटीको रुपमा काम गरिरहेको छ । विद्यार्थी र शिक्षक दुवैका लागि यसले क्वालिटी लर्निङ रिसोर्स र सूचनामा सजिलै पहुँच प्रदान गर्छ,’ सेन्चुरीले भने ।

उनले अगाडि भने, ‘व्यक्तिको सिर्जनशीलता बढाउन हरेक विधाका व्यक्तिको ट्यालेन्ट शोकेस गर्न सकिन्छ । वास्तवमा यसबाट पर्सनलाइज्ड र कनेक्टेड लर्निङ अनुभव लिन सकिन्छ ।’

हाल कम्पनीले विज्ञापन, प्रिमियम सर्भिस चार्ज, अटोमेटेड सीभी, ब्लग आदिबाट आम्दानी गर्ने योजना सारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२