close

सामाजिक सञ्जालमार्फत् फिशिङ गर्नेलाई कारबाही गर्दै मेटा

टेकपाना टेकपाना

पुस ६, २०७८ ११:३७

सामाजिक सञ्जालमार्फत् फिशिङ गर्नेलाई कारबाही गर्दै मेटा

काठमाडौं । मेटाले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपको फिशिङ आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्ने भएको छ ।

कम्पनीले आफ्ना प्लेर्टफर्ममार्फत फिशिङ गरी प्रयोगकर्ताको युजरनेम, पासवर्डजस्ता महत्वपूर्ण जानकारी संकलन गर्नेविरुद्ध मुद्दा दायर गरेको हो । कम्पनीले नेदरल्याण्डस्थित संघीय अदालतमा मुद्दा दायर गरेको छ ।

जसअनुसार फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएपका प्रयोगकर्ताको डेटा संकलनका लागि ३९ हजार भन्दाबढी वेबसाइट निर्माण गरिएका छन् । यो सबै कसले गरिरहेको छ भन्ने विषयमा फेसबुकलाई समेत जानकारी भने छैन ।

तर, कम्पनीले आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि अध्ययन सहित कारबाही गर्न तयारीका साथ यो प्रक्रिया अघि बढाइएको जनाइएको छ । पछिल्लो समय प्रयोकगर्ताको गोपनीयता कायम गर्न नसकेको भन्दै फेसबुकको आलोचना भइरहेको छ ।

यस्तोमा कम्पनीले प्रयोगकर्तालाई फिशिङबाट बचाउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२