close

नाबालिकाको तस्वीर र भिडिओ उनकै अकाउन्टबाट पोष्ट गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

पुस ९, २०७८ १२:३०

नाबालिकाको तस्वीर र भिडिओ उनकै अकाउन्टबाट पोष्ट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको तस्वीर र भिडिओ सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेको छन् । पक्राउ परेको ब्यक्तिले फेसबुकमा नाबालिकाको साथी बनेर ललाइ फकाई गरी उनको गोप्य तस्वीर / भिडिओ मागी पीडितकै फेसबुक अकाउन्टको पासवर्ड लिएर परिवर्तन गरी सोही अकाउन्टबाट फोटो र भिडिओ पोस्ट गरेका थिए । 

पीडितको तस्वीर/ भिडिओ पोष्ट गरी नाबालिकाको चरित्र हत्या गरेको भन्दै प्रहरीले बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. २ स्थायी घर भएर हाल म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९ गलेश्वर बस्ने वर्ष १९ को जगत केसीलाई पक्राउ गरिएको हो ।

केसीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला अदालत काठमाण्डौको आदेश अनुरूप सात दिन म्याद थप गरी साइबर ब्युरोले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२