close

मेरो डाक्टरको अनलाइन परामर्शमा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस ११, २०७८ १०:३४

मेरो डाक्टरको अनलाइन परामर्शमा ५० प्रतिशत छुट

काठमाडौं । अनलाइन स्वास्थ्य सेवा ‘मेरो डाक्टर’ ले स्वास्थ्य परामर्शका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

नेपालका चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकसँग विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परामर्श घरबाटै लिन सकिने यो प्लेटफर्ममा सीमित समयको लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको हाे ।

यसको लागि बिरामीले आफ्नो मोबाइल मेरो डाक्टर एप डाउनलोड गरेर आवश्यक रजिष्ट्रेशनको प्रक्रिया पुरा गरेपछि स्वास्थ्य परामर्श सेवा लिन सक्छन् ।

मिदास टेक्नोलोजिज प्रालिद्वारा सञ्चालित यो एपमार्फत विभिन्न स्वास्थ्य विशेषज्ञहरूसँग भिडिओ कल मार्फत परामर्श लिन सकिन्छ । यो एप एन्ड्रोइड र आई‌ओएस दुवैमा उपलब्ध छ । त्यसैगरी यो सेवा वेबमा पनि उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२