close

‘आईफोन १५ प्रो’ मा सिमकार्ड स्लट नहुने

टेकपाना टेकपाना

पुस ११, २०७८ १३:५६

‘आईफोन १५ प्रो’ मा सिमकार्ड स्लट नहुने

काठमाडौं । गत सेम्टेम्बरमा मात्र एप्पलले आईफोन १३ सिरिज सार्वजनिक गरेको थियो । अब कम्पनी आईफोन १४ ल्याउने याेजनामा छ । यसैबीच एप्पलको आईफोन १५ सिरिजका स्मार्टफोनको बारेमा बजारमा चर्चा सुरु भइसकेको छ ।

सन् २०२३ मा सार्वजनिक हुने अनुमान गरिएको याे आईफोन सिरिजअन्तर्गत ‘आईफोन १५ प्रो’ माेडलमा सिम स्लट नहुने चर्चा बाहिरिएको छ ।

ब्राजिलको एक मिडिया ब्लग डु आईफोनले दाबी गरेअनुसार यो फोनमा सिमकार्ड स्लट हुनेछैन, किनभने यसमा ई-सिम प्रविधि प्रयोग गरिने छ ।

याे फाेनले दुईवटा ई-सिम सपोर्ट गर्नेछ । यद्यपि ‘प्रो’ बाहेक अन्य मोडेलमा पनि ई-सिम सपोर्ट हुनेछ वा छैन भन्ने विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।

एप्पलले ई-सिम सपोर्ट गर्ने मोडेलको फोन सार्वजनिक गरेपनि ई-सिमको व्यवस्था नभएका देशका लागि भने सिम स्लटसहितकै फोन उत्पादन गर्नेछ ।

अहिले विभिन्न देशमा ई-सिमकाे अभ्यास भइरहेकाे छ । नेपाल पनि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई ई-सिम उपलब्ध गराउने तयारी गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२