close

भोलि सार्वजनिक हुँदै बहुप्रतिक्षित ‘साओमी १२’ सिरिज, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

पुस १२, २०७८ ११:४९

भोलि सार्वजनिक हुँदै बहुप्रतिक्षित ‘साओमी १२’ सिरिज, कस्ता होलान् फिचर ?

काठमाडौं । साओमीको बहुप्रतिक्षित स्मार्टफोन साओमी १२ सिरिज भोलि सार्वजनिक हुने भएको छ । चीनमा एक कार्यक्रम गरेर कम्पनीले तीन मोडलमा यो सिरिज ल्याउने लागेको हो ।

यसअन्तर्गत साओमी १२, साओमी १२एक्स र साओमी १२ प्रो गरी तीन मोडलमा फोन सार्वजनिक हुनेछ । यसैबीच साओमी यूआईले यी फोनका विवरण सार्वजनिक गरेको छ ।

स्न्यापड्रागन ८ जेन १ चिप प्रयोग गरिने साओमी १२ माेडलको स्मार्टफोनमा १२० हर्जको रिफ्रेस रेटसहित ६.२८ इन्चको एमोलेड डिस्प्ले हुने बताइएको छ ।

त्यसैगरी यसमा २० मेगापिक्सेलको सेल्फी क्यामेरासहित ५० मेगापिक्सेलको मेन क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र ३२ मेगापिक्सेको टेलिफोटो क्यामेरा उपलब्ध हुनेछ ।

फोनमा ६७ वाटको फास्ट चार्जिङ सहितको ४,५०० एमएएच ब्याट्री प्रयोग गरिएको बताइएको छ ।

त्यस्तै याे स्मार्टफोन ८ जीबी र्‍याममा १२८ जीबी स्टोरेज र २५६ जीबीमा उपलब्ध हुने अनुमान गरिएको छ भने १२ जीबी र्‍याममा २५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२