२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

अश्लील शीर्षक राखी प्र्यांक भिडिओ बनाउने युट्युवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडिओ राख्ने एक युट्युवर पक्राउ परेका छन् ।

‘साथीभाइ अनलाइन टिभी’ नामक युट्युव च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाएको भन्दै प्रहरीले बागलुङ घर भई हाल काठमाडौंको अनामनगर बस्ने ३५ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।

मल्लले सञ्चालन गर्ने सो युट्युव च्यानलमा प्र्यांकभन्दै अश्लील शीर्षक र भिडिओ पोस्ट भएका छन् ।

निज मल्लले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

यो पनि पढ्नुहोस् : अनलाइनमा गलत सामग्री देख्नुभयो ? सम्बन्धित ठाउँमा यसरी दिनुहोस् उजुरी

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team