close

एफटीटीएच आएसँगै बढ्न थाल्यो टेलिकमको ल्यान्डलाइन प्रयोग

टेकपाना टेकपाना

पुस १३, २०७८ १७:२९

एफटीटीएच आएसँगै बढ्न थाल्यो टेलिकमको ल्यान्डलाइन प्रयोग

काठमाडौं । पछिल्ला केही वर्ष यता लगातार रुपमा घट्दै गएको नेपाल टेलिकमको ल्यान्डलाइन सेवाको बजार फाइबर टु दि होम (एफटीटीएच) सेवा विस्तार हुन  थालेसँगै सुधार हुन थालेको छ ।

कम्पनीको एफटीटीएच भ्वाइस सेवा (फाइबरलाइनमा फिक्सलाइन अर्थात ल्यान्डलाइन टेलिफोन) प्रयोग गर्नेको सङ्ख्या मात्रै करिब एक लाख ६४ हजार पुगेको हो ।

मोबाइल सेवाको लोकप्रियता बढ्दै गएसँगै पछिल्ला तीन वर्षमा टेलिकमको फिक्सलाइन टेलिफोन सेवाका ग्राहक घट्दै गएका थिए । टेलिकमको फिक्स टेलिफोन सेवा (पीएसटीएन, डब्लूएलएल, भी-स्याट र फाइबर) मा २०७४ कात्तिकमा ८ लाख ५७ हजार १६९ ग्राहक रहेकोमा गत वर्षको कात्तिकसम्म घटेर ७ लाख ४० हजार ९७२ मा सीमित भएको थिए ।

तर कम्पनीले एउटै अप्टिकल फाइबरमा उच्च गतिको इन्टरनेटसँगै फिक्स टेलिफोन सेवा समेत दिन थालेपछि कम्पनीको फिक्स टेलिफोन सेवा प्रयोग गर्ने ग्राहक बढेका हुन् । यस वर्षको कात्तिकसम्म आइपुग्दा टेलिकमको फिक्स भ्वाइस सेवा प्रयोग गर्ने ग्राहक सङ्ख्या ८ लाख १७ हजार ५७३ पुगेका छन् ।

फिक्स टेलिफोन सेवाअन्तर्गत एफटीटीएच बाहेक पीएसटीएन, डब्लूएलएल र भी-स्याट सबैमा ग्राहक घट्दै गएका छन् । हाल टेलिकमले एउटै फाइबर मार्फत इन्टरनेट, टेलिफोन र आईपीटिभी सेवा उपलब्ध गराउँदै आएको छ  ।

फिक्स भ्वाइस सेवा२०७४ कात्तिक२०७५ कात्तिक२०७६ कात्तिक२०७७ कात्तिक२०७८ कात्तिक
पीएसटीएन६,८९,५८९६,७८,०५९६,७६,२०६६,२२,२५५५,३६,०२२
डब्लूएलएल१,२१,०३११,२०,६७३१,१९,०९२१,१८,१३६१,१७,५३०
एफटीटीएच१,६३,९३५
भी-स्याट५८१५८१५८१८६
जम्मा८,५७,१६९८,५२,४३३७,९५,८७९७,४०,९७२८,१७,५७३

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२