close

चिसोबाट बच्न अनलाइन कक्षा

टेकपाना टेकपाना

पुस १५, २०७८ ८:४०

चिसोबाट बच्न अनलाइन कक्षा

काठमाडौं । चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेका छन् । विगतमा कोरोना सङ्क्रमणका कारण अनलाइनबाट पढाइरहेका विद्यालयहरूले मङ्सिरदेखि भने भौतिक उपस्थितिमै पढाइ थालेका थिए ।

बुधबारदेखि सुरु भएको झरीका कारण चिसो अझ बढ्नसक्ने पक्षलाई ध्यानमा राखेर केही दिन अनलाइनबाटै पढाउन अभिभावकलाई अनुरोध गरिएको विद्यालय सञ्चालकले जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डीके ढुङ्गानाले भने, ‘केही दिन भौतिक रूपमै पढाइ सञ्चालन गर्दा चिसोले समस्या पार्ने देखियो । त्यसैले केही विद्यालयले अनलाइनबाट पढाइ सञ्चालन गर्न अभिभावकलाई सूचना पठाएका छन् ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय असोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष तथा अङ्कुर विद्याश्रमका प्रमुख ऋतुराज सापकोटाले विद्यार्थीको सिकाइमा असर नपरोस् भनेर चिसोका कारण विद्यालय नै बन्द गर्नुभन्दा अनलाइनबाट पढाइ सञ्चालन गरेको बताए । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२