close

वेबसाइटको बग स्क्यान गर्ने नेपाली टुललाई अन्तर्राष्ट्रिय मान्यता

टेकपाना टेकपाना

पुस १५, २०७८ १८:३४

वेबसाइटको बग स्क्यान गर्ने नेपाली टुललाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपाली साइबर सेक्युिरटी कम्पनी ‘रेकनविथमी‘ले आईएसओ मान्यता पाएको छ । योसँगै रेकनविथमी आईएसओ २७००१ मान्यताप्राप्त कम्पनी बनेको छ ।

इन्फर्मेशन सेक्युरिटी म्यानेजमेन्ट सिस्टममा काम गर्नका लागि कम्पनीले यो अन्तर्राष्ट्रिय मान्यता पाएको हो । कम्पनीले नेपालमै पहिलो पटक वेब एप्लिकेशन भल्नेरबिलिटी स्क्यानर रेकनविथमी डटकम विकास गरेको छ ।

आईएसओ शर्टिफाइड भएसँगै अब स्वदेशी तथा विदेशी परियोजनामा कम्पनीले समानान्तर रुपमा काम गर्ने संस्थापक सुवास गौतमले बताए ।

साथै यसले बजारमा आफ्नो उत्पादनलाई विश्वसनीय बनाउन र विस्तार गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ ।

‘नियामक निकायदेखि ठूला व्यवसायिक कम्पनीहरुले आईएसओ शर्टिफाइड प्रडक्ट नै प्रयोग गर्न रुचाउँछन् । हामीलाई आईएसओ प्रमाणपत्रले उनीहरुको विश्वास जित्न सजिलो हुनेछ,’ उनले भने ।

उनले अगाडि भने, ‘अहिले स्थानीय बजारलाई लक्षित गर्दै कमर्सियल बैंकहरुसँग अप्रोच राखिरहेका छौं । उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभएको छ । साथै अन्य संघसंस्थासँग पनि हामीले कुरा राखिरहेका छौं ।’

विदेशी परियोजनामा काम गर्ने योजनाअनुरुप संयुक्त राज्य अमेरिकामा समेत यो कम्पनी दर्ता भएको छ ।

याे पनि पढ्नुहाेस् : के हो रेकनविथमी ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२