close

स्कुल र कलेजलाई डिजिटल बनाउने ‘स्कुल वर्क्स प्रो’

टेकपाना टेकपाना

पुस १६, २०७८ ११:४८

स्कुल र कलेजलाई डिजिटल बनाउने  ‘स्कुल वर्क्स प्रो’

काठमाडौं । शिक्षण संस्थाको परम्परागत शैक्षिक व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डीजी टेक्नोलोजी प्रालिले ‘स्कुल वर्क्स प्रो‘ सञ्चालनमा ल्याएको छ । विद्यालय र कलेजलाई डिजिटल बनाउने उद्देश्यका साथ तयार पारिएको यो सफ्टवेयर बजारका लागि तयार भएको हो । यसमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाउन, स्कुलको शुल्क बुझाउन, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न सक्छन् । 

जसले गर्दा विद्यार्थीको पढाइको प्रगति थाहा पाउन परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डीजी टेक्नोलोजीका सिइओ प्रमोद पौडेलले बताए । शिक्षकले सफ्टवेयरबाटै गृहकार्य तथा असाइनमेन्ट दिने र सो को जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप गर्ने र क्विज तथा पोल मार्फत विद्यार्थीको गतिविधि बढाउने काम गर्न सक्छन् । 

त्यस्तै कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यवस्थापन लगायत ई-लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ । स्कूल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्याङ्कन, रिजल्ट व्यवस्थापन लगायतका सम्पूर्ण व्यवस्थापकीय काम सफ्टवेयरमार्फत नै नियन्त्रण गर्न सक्छन् । 

त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्याङ्कन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबीच सम्पर्क चुस्त राख्न यो सफ्टवेयर उपयोगी छ । विद्यार्थीले सफ्टवेयरबाटै अरू विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्छन् । ‘स्कूल वर्क्स प्रो प्रयोगमा ल्याएपश्चात् मानव संसाधन, प्रिन्ट, सञ्चार लगायतको खर्च घट्छ,’ सिइओ पौडेलले अगाडि भने, ‘प्रविधिको सदुपयोगले सीमित कर्मचारीबाट पनि  काम कारबाहीलाई छरितो बनाउन सकिन्छ ।’ 

शिक्षामा अन्तरक्रियात्मक व्यवस्थालाई प्राथमिकता दिँदै स्कुल वर्क्स प्रोले विद्यालय तथा कलेजलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकीकृत प्रणालीमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउने थापाको भनाई छ । स्कुल वर्क्स प्रोको सुविधा वेबमा मात्र नभई मोबाइल एपबाट पनि लिन सकिन्छ । स्कुल वर्क्स प्रोको निर्माता डीजी टेक्नोलोजी आइटी शिक्षामा लामो अनुभव बटुलेको टिमले सञ्चालन गरेको आइटी कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२