close

बिक्रेतालाई देखाएर अब ईकमर्स कम्पनी पन्छिन नपाउने

टेकपाना टेकपाना

पुस १८, २०७७ १५:४७

बिक्रेतालाई देखाएर अब ईकमर्स कम्पनी पन्छिन नपाउने

काठमाडाैं। विद्युतीय व्यापार (ईकमर्स) अन्तर्गत कुनै वस्तु वा सेवा ग्राहकले मन नपराएमा विक्रेता वा उत्पादक कम्पनीलाई कारण देखाएर ईकमर्स कम्पनी पन्छिन नपाउने व्यवस्था आउने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा ईकमर्स कम्पनीलाई जिम्मेवार बनाउन र ग्राहकको हित संरक्षण गर्न थप व्यवस्था समेत गरिएको छ ।

जसअनुसार बिक्री गरेको वस्तु तथा सेवा ग्राहकलाई स्वीकारयोग्य नभई कानून अनुसार फिर्ता गरेमा त्यस्तो वस्तु तथा सेवा आफैंले उत्पादन गरेको सरह कम्पनीले फिर्ता, सट्टापट्टा वा रकम शोधभर्ना गर्नुपर्नेछ । 

साथै विधेयकमा कुनै वस्तु तथा सेवा खरिद गर्न ग्राहकले आफ्नो पहिचान जनाउने वैयक्तिक विवरण व्यवसायीलाई उपलब्ध गराउनु पर्ने भएमा त्यस्तो विवरण संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले विधेयक मस्यौदामा सरोकारवालाहरुबाट राय सुझाव माग गरेको छ । यदि यसमा तपाईंको कुनै सल्लाह सुझाव छ भने निश्चित ढाँचामा मन्त्रालयलाई ईमेल पठाउन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०