close

दुई मोडलमा पहिलो पटक फोल्डेबल आईफोन ल्याउँदै एप्पल

टेकपाना टेकपाना

पुस १८, २०७७ १६:३७

दुई मोडलमा पहिलो पटक फोल्डेबल आईफोन ल्याउँदै एप्पल

काठमाडौं । नयाँ वर्ष २०२१ मा स्मार्टफोन निर्माता कम्पनीहरुले फोल्डेबल फोन ल्याउने तयारी गरिरहेका छन् । बजारमा सामसङ र मोटोरोलाका फोल्डेबल यसअघि नै आइसकेको छ ।

यो वर्ष साओमीले समेत तीन भिन्न मोडलमा फोल्डेबल फाेन ल्याउने तयारी गरेको छ । हाल यो सूचीमा एप्पल पनि मिसिएको छ ।

यसअघि पनि एप्पलले फोल्डेबल आईफोन ल्याउने कुराको चर्चा भएको थियो । नयाँ रिपोर्टअनुसार एप्पलले दुई मोडलमा फोल्डेबल आईफोन ल्याउनका लागि आन्तरिक परीक्षण सम्पन्न गरेको छ ।

चीनको फक्सकोन फ्याक्ट्रीमा भएको सो परीक्षणमा कम्पनीले दुईवटा स्किृन भएको फोल्डेबल आईफोनका अतिरिक्त क्लामशेल फोल्डेबल फोनको प्रोटोटाइप परीक्षण गरेको हो ।

एप्पलको क्लामशेल फोल्डेबल फाेनको नमुना यसअघिको सामसङ जेड फ्लिप र मोटोरोला रेजरसँग मिल्दोजुल्दो देखिन्छ, जसमा सामसङको फ्लेक्सिबल ओलेड डिस्प्ले प्रयोग हुने जनाइएको छ ।

एप्पलको पहिलो फोल्डेबल फाेन २०२२ को अन्त्य वा २०२३ को सुरुवातमा आउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०