close

यस्ता छन् सन् २०२१ मा बजारमा आउने १० उत्कृष्ट स्मार्टफोन

टेकपाना टेकपाना

पुस १९, २०७७ १५:४

यस्ता छन् सन् २०२१ मा बजारमा आउने १० उत्कृष्ट स्मार्टफोन

काठमाडौं । स्मार्टफोनको बजारमा वर्ष २०२१ मा नयाँ के आउला त ? धेरैलाइ चासो र जिज्ञासाको विषय हो यो । धेरैले वर्ष २०२१ मा हालसम्मकै अद्भूत स्मार्टफोन देख्न पाइने तर्क गरिरहेका छन् । किनभने यो वर्ष प्रिमियम स्मार्टफोनका रुपमा आईफोन १३ का साथै, सामसङ ग्यालेक्सी, एलजीको रोलेवल स्मार्टफोन लगायतका फोन सार्वजनिक हुने तयारीमा छन् ।

हामी यो लेखमा विश्वबजारमा सन् २०२१ मा भित्रिने टप टेन स्मार्टफोनबारे लेख्दैछौं । यी फोन प्रविधि र आविष्कारका हिसाबले उत्कृष्ट हुने विश्लेषण गरिएको छ ।

सामसङ ग्यालेक्सी एस२१ सिरिज

सामसङको आगामी फोन सामसङ ग्यालेक्सी एस२१ सिरिजका फोन सन् २०२१ का लागि एउटा उत्कृष्ट फोन सावित हुने अनुमान गरिएकाे छ । एस २१ प्लस र एस २१ अल्ट्रा गरी दुई मोडलमा उपलब्ध हुने याे सिरिज यही जनवरी १४ तारिखमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

Samsung-S21-review-techpana

हालसम्म प्राप्त जानकारी अनुसार फोनमा स्न्यापड्रागन ८८८ चिपसेट रहने छ । फोनको क्यामेरामा १० एक्स अप्टिकल जूम उपलब्ध हुनेछ ।

आईफोन १३ सिरिज

आईफोन १३ सन् २०२१ का लागि अझ बढी प्रभावकारी स्मार्टफोन हुने पक्कै छ । तर, यो फोनका लागि प्रयोगकर्ताले केही समय कुर्नु पर्नेछ । हालसम्म प्राप्त जानकारी अनुसार फोनमा आईफोन १२ को भन्दा उच्च क्षमताको स्क्रिन रिफ्रेस रेट रहनेछ ।

Iphone-mobile-with-logo

साथै फोन १ टीबी स्टोरेज क्षमताको साथ उपलब्ध हुने अनुमान गरिएको छ । उक्त फोनमा इन–स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानरका साथ थप परिस्कृत क्यामेरा हुने अपेक्षा गरिएको छ ।

वनप्लस ९ सिरिज

वनप्लस ९ सिरिजका स्मार्टफोन सन् २०२१ को मार्च अवथा अप्रिल महिनामा सार्वजनिक हुनेछ । यो फोन सामसङ ग्यालेक्सी एस२१ जस्तै हुने उल्लेख गरिएको छ ।

उक्त फोन वनप्लस ९ र वानप्लस ९ प्रो गरी दुई भेरियन्टमा आउनेछ । जनु वनप्लस ९ईको तुलनामा डिजाइनका हिसाबले पनि पूर्ण रुपमा फरक हुने जनाइएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार फोनमा स्न्यापड्रयागन ८८८ चिपसेट रहनेछ । फोनमा ट्रिपल क्यामेरा सेट टप हुनेछ । जसमा ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा, ४८ मेगापिक्सेलकै अल्ट्रावाइड लेन्स हुनेछ । अर्को लेन्सको विषयमा भने जानकारी प्राप्त भएको छैन । यी फोन ८ जीबी र्‍याम र १२८ जीबी रोमका साथ बजारमा उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री

सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री अन्य स्मार्टफोनको तुलनामा त्यति उत्कृष्ट नभएता पनि प्रविधिको प्रयोग र इनोभेसनका हिसाबले सन् २०२१ मा पर्खाइको विषय हो ।

samsung foldable phone

फोल्डेबल स्मार्टफोनको रुपमा ठूलो स्क्रिन हुने उक्त फोनले सामसङको एस पेन सपोर्ट गर्ने जनाइएको छ । फोनमा इन स्क्रिन क्यामेरा हुने अनुमान गरिएको छ । यो फोन सन् २०२१ को मध्यतिर सार्वजनिक हुन सक्नेछ ।

एलजी रोलेबल

एलजी रोलेबल सन् २०२१ का लागि वाइल्ड कर्ड नै हो भन्दा फरक नपर्ला । यो फोनको विषयमा धेरै कुरा उपलब्ध नभएता पनि एलजीले पहिलो पटक राेल गर्न सकिने स्मार्टफोन निमार्ण गरिरहेको छ ।

कम्पनीले दर्ता गराएको प्याटेन्टलाई आधार मान्ने हो भने यो फोनका दाँया र बाँया साइडमा स्क्रिनलाई बढाउन सकिने छ । फोन हेर्दा सामान्य जस्तै देखिएता पनि उक्त फिचर सन् २०२१ का लागि नयाँ हुनेछ ।

यो फोन ६.८ देखी ७.४ इन्च सम्मको हुनेछ । फोनमा इलेक्ट्रोनिक्स टच स्क्रिन पेन समेत हुने अनुमान गरिएको छ । यो फोन सन् २०२१ को अन्त्यसम्म सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

ओप्पो फाइन्ड एक्स ३ सिरिज

सामसङ, एप्पल, वानप्लसको तुलनामा ओप्पो त्यति ठूलो नाम भने होइन । तर, पछिल्लो समय कम्पनील यस्ता कम्पनीलाई पनि पछि पार्न गरी कतिपय स्मार्टफोन बनाइरहेको छ । ओप्पो फाइन्ड एक्स ३ सिरिजका फोन पनि त्यही अनुसारको हुने अपेक्षा गरिएको छ ।

यसमा प्रयोग हुने फिचरले अन्य स्मार्टफोनलाई पनि पछि पार्ने अनुमान गरिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार ओप्पो फाइन्ड एक्स ३ मा म्याक्रो क्यामेरा रहने छ । २५ एक्स जुम रहने उक्त क्यामेराले माइक्रोस्कप जस्तै काम गर्ने जनाइएको छ ।

नोकिया १०

नोकिया १० सन् २०२१ को बहुप्रतिक्षित स्मार्टफोन हो । विषेशगरी यो फोन ९.२ अथवा ९.३ मोडलको रुपमा आउनु पर्ने हो । किनभने कम्पनीले यसअघि ९.१ सिरिजमा स्मार्टफोन सार्वजनिक गरेको थियो ।

तर, अब भने यो फोन नोकिया १० को रुपमा आउने छ । यो फोनको विषयमा त्यती धेरै जानकारी नभएतापनि फोनमा इन–स्क्रिन सेल्फी क्यामेरा रहने छ । भने, यो फोनमा पनि स्न्यापड्रयागन ८८८ चिपसेट रहने उल्लेख गरिएको छ । त्यसैले यो फोन सन् २०२१ को लागि प्रिमियम स्मार्टफोन हुनेछ ।

आईफोन एसई ३

आईफोनको सस्तो फोनको रुपमा सन् २०२० मा भित्रिएको एसई सिरिजमा सन् २०२१ मा नयाँ स्मार्टफोन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

एसईको तुलनामा यो फोनम त्यत धेरै परिवतर्न भने हुनेछैन । तर, फोनमा ए१४ वायोनिक चिपसेट प्रयोग हुनेछ । जुन आईफोन १२ सिरिजका स्मार्टफोनमा हाल प्रयोग गरिएको छ ।

सामसङ ग्यालेक्सी नोट २१ सिरिज

सबैभन्दा ठूलो प्रश्न सामसले सामसङ ग्यालेक्सी नोट सिरिजलाई निरन्तरता दिन्छ दिँदैन भन्ने नै छ । किनेभने जेड ३ मा एस पेन प्रयोग हुने भएपछि कम्पनी नोट सिरिजबाट पछि हट्न सक्ने पनि अनुमान गरिएको छ ।

यद्यपि यो फोन बजारमा आएको खण्डमा फोनमा एस पेन स्टाइलिस भने पक्कै हुनेछ । सामान्य स्मार्टफोनको तुलानमा फोनको स्क्रिन र ब्याट्री क्षमता ठूलो हुने बताइएकाे छ । यसअघिका घटनालाई आधारमा मान्ने हो भने यो फोन सन् २०२१ को अगस्टमा सार्वजनिक हुन सक्नेछ ।

सोनी एक्सपेरिया १ थ्री आई कमप्याक्ट

कम्पनीले सोनी एक्सपेरिया १ थ्री आईलाई कमप्याक्टको रुपमा सार्वजनिक गर्ने उल्लेख गरेको छ । हालसम्म प्राप्त जानकारी अनुसार फोन ५.५ इन्च डिस्प्लेका साथ सार्वजनिक हुनेछ । यसमा अपर मिड रेन्जको चिपसेट प्रयोग हुनेछ ।

यो फोन सन् २०२१ को मध्यसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०