जीआईडीसीको सर्भर निरीक्षणका लागि बोलपत्र माग टेकपाना आईतवार, पुष १९, २०७७ १५:४५ काठमाडौं । गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर (जीआईडीसी)मा रहेका सम्पूर्ण सरकारी सर्भरहरुको निरीक्षण कार्य गर्न राष्ट्रिय सुरक्षा निरीक्षण केन्द्र (एनसीएसएमसी)ले परामर्शदाताहरुका लागि बोलपत्र माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सो केन्द्रले सक्षम परामर्शदाता कम्पनीहरुबाट केन्द्रमा विज्ञहरु नियुक्ति गर्न बोलपत्रको माग गरेको हो । जीआईडीसीमा रहेका सरकारी सर्भरहरुमा गतिविधि एनालिसिस गर्न तथा प्रोएक्टिभ रुपमा त्यसलाई इन्डिकेट गर्न साइबर सुरक्षा विज्ञहरुको खाँचो रहेको मन्त्रालयका सहसचिव अनिलकुमार दत्ताले बताए । इच्छुकहरुले माघ ५ गते १२ बजेसम्म याे वेबसाइटमा आशय पत्र (ईओआई) पेस गरी सक्नुपर्ने सूचनामा उल्लेख छ । इच्छुक कम्पनीको योग्यता ४० प्रतिशत, अनुभव ५० प्रतिशत र क्षमता १० प्रतिशतको आधारमा मूल्याङ्कन हुने मन्त्रालयले बताएको छ । न्यूनतम ६० प्रतिशत स्कोर ल्याउने कम्पनीलाई सर्टलिस्ट गरिने मन्त्रालयको सार्वजनिक सूचनामा उल्लेख छ ।