close

हरेक प्रकारका चश्मा अनलाइनबाटै किन्न मिल्ने प्लेटफर्म : नेत्रकार्ट

टेकपाना टेकपाना

पुस १९, २०७७ १८:६

हरेक प्रकारका चश्मा अनलाइनबाटै किन्न मिल्ने प्लेटफर्म : नेत्रकार्ट

काठमाडौं । अनलाइन मिटिङ, राति अबेरसम्म कम्प्युटरमा गर्ने काम, असाइनमेन्ट, प्रेजेन्टेसन, अनलाइन क्लास । यी सबै गतिविधिले तपाईंको स्क्रिन समयलाई बढाइरहेको छ । त्यसको असर हाम्रो आँखामा परिरहेको कुरा कतिले अनुभूति गरिरहेका छैनन् । 

तर अवस्था जटिल नबनेसम्म चेकजाँच नगराउने हामी सबैलाई नराम्रो बानी लागेको छ । बढ्दो स्क्रिन टाइमिङका कारण सानै उमेरमा ब्लर भिजन, टाउको दुख्ने तथा आखाँ सुख्खा रहने समस्या देखिन थालेको छ । कतिलाई माइग्रेनको समस्या त कतिलाई सुत्न समेत अप्ठ्यारो हुन थालेको छ । यो समस्यालाई चिकित्सा भाषामा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ । 

अब यी समस्याबाट छुटकारा पाउन स्क्रिन टाइमिङ घटाउने विकल्प त हामीसँग छैन । यद्यपि नियमित चेक जाँच र गुणस्तरीय अप्टिकल वेयरको प्रयोग गरी यो समस्याको हल हामी खोज्न सक्छौं । 

तर चिकित्सकले प्रेस्क्राइब गरेको अप्टिकल ग्लास प्रयोग नगर्ने हाम्रो अर्को नराम्राे बानी छ । आफूलाई मन परेको चश्मा नभेट्ने वा धेरलाई चस्मा नै लगाउन मन नहुन सक्छ ।

चश्मालाई बाध्यताको वस्तु नबनाई सौन्दर्यताको वस्तु बनाएर मानिसहरुको आँखाको केयर गर्न नेपालमा पहिलो आइवेयर ईकमर्श नेत्रकार्ट स्थापना भएको छ । 

Image may contain: ‎eyeglasses, ‎text that says '‎א Netrakart Nepal's 1st Prescription Based Eyewear E-commerce Platform DO‎'‎‎

नेत्रकार्टले आफ्नो वेब प्लेटफर्मबाट प्रयोगकर्ताहरुको इच्छाअनुसारको अप्टिकल वेयर, प्रेस्क्रिप्सन ग्लास, कन्ट्याक्ट लेन्स तथा सनग्लास उपलब्ध गराउँदै आइरहेको छ ।

यसका लागि कम्पनीले १२ वर्षदेखि आँखाको सेवा क्षेत्रमा काम गर्दै आइरहेको नेपालकै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त आखाँको क्लिनिक भिजन कन्सर्नसँग सहकार्य पनि गरेको छ । भिजन कन्सर्नको काठमाडौं उपत्यकामा मात्र तीनवटा रिटेल स्टोरहरु छन् । 

आँखाको सेवा प्रदान गर्ने नेपालको पहिलो ईकमर्शको रुपमा आफूलाई दाबी गर्ने नेत्रकार्टको सम्पूर्ण सेवा प्रयोगकर्ताहरुले कम्पनीको वेब एप्लिकेसन तथा एपबाट लिन सक्छन् । 

प्रयोगकर्ताले नेत्रकार्टको वेबसाइट तथा मोबाइल एप्लिकेसनमा रहेको अपलोड प्रेस्क्रिप्सन टयाबमा गएर आफ्नो प्रेस्क्रिप्सन तथा सम्पर्क जानकारी अपलोड गर्न सक्छन् । यति गरेपछि नेत्रकार्टले थप प्रक्रियाका लागि प्रयोगकर्तालाई सम्पर्क गर्छ । 

यस्तै नेत्रकार्टले आफ्ना प्रयोगकर्ताहरुलाई घरमै आँखा चेकअप गर्न होम सर्भिस पनि दिँदै आइरहेको छ । 

Image may contain: one or more people, text that says 'Home eye checkup Nepal's 1st Home Eye Check-up Service अब आफ्नै घर मा आँखा जाँच गर्नुहोस| र Netrakart Powered By VISION'

नेत्रकार्टमा आबद्ध रहेका अनुभवी तथा प्रमाणपत्र प्राप्त अप्टोमेट्रिस्टहरु घरमै आएर व्यक्ति तथा परिवारलाई यो सेवा प्रदान गर्दछन् । नेत्रकार्टले तपाईंको व्याक्तित्वलाई झल्काउने किसिमको स्टाइलिस फ्रेमहरु तपाईंलाई सिफारिस गर्दछ ।

तर यसका लागि तपाईंले नेत्रकार्टको अकाउन्टमा रजिस्टर गरी अपोइन्टमेन्ट बुक गर्नुपर्नेछ । 

आँखा जाँच्न होम सर्भिसबाहेक तपाईंले नेत्रकार्ट मार्फत घरमै विभिन्न किसिमका फ्रेमहरु पनि चेक गर्न सक्नुहुनेछ । ताकि तपाईंले रोजेको र खोजेको जस्तो स्टाइलको फ्रेममा अप्टिकल वायर लगाउन सकियाेस् । 

यसका लागि तपाईंको घरमा पाँच किसिमका फ्रेम आउने छन्, जसलाई तपाईंले पाँच दिनसम्म राखेर चयन गर्न सक्नहुनेछ । यसका लागि ‘होम ट्राइ अन’ ट्याबमा गएर चेक इन गर्नु पर्नेछ । 

साथै आवश्यक भएकाहरुका लागि विभिन्न किसिमका आँखाका सर्जरी पनि गरिने जनाइएकाे छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०