close

आईटीमा करियर बनाउन चाहनेका लागि कार्यक्रम आयोजना हुँदै

टेकपाना टेकपाना

पुस २२, २०७७ १३:१९

आईटीमा करियर बनाउन चाहनेका लागि कार्यक्रम आयोजना हुँदै

काठमाडौं । आउँदाे पुस र २६ गते ‘पीबीएस आईटी करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । राजधानीकाे प्रेसेन्डियल बिजनेश स्कुलमा हुने साे कन्क्लेभमा २० जनाभन्दा बढी विज्ञहरुले विविध विषयमा आफ्ना धारणा राख्नेछन् ।

पाँच विषयमा सेसनहरु सञ्चालन हुने कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आईटी इन्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ

सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोकिकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।

त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आईटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।

त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु की नोट स्पिकरुको रुपमा पनि रहनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१