close

‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घट्यो, यस्तो छ अन्य फोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

पुस २३, २०७७ १५:३९

‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घट्यो, यस्तो छ अन्य फोनको पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा ‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घटेको छ । कम्पनीका अनुसार अब ३ जीबी र्‍याम भएको उक्त फोनको बजार मूल्य एक हजार रूपैयाँ घटेको छ । अब ग्राहकले १७ हजार ५ सय ९० रुपैयाँमा यो फोन किन्न सक्नेछन् ।

नेपाली बजारमा उक्त फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ । फोनमा ६.२२ इञ्चको डिस्प्ले रहेको छ । कर्भ्ड ग्लास स्क्रिन रहेको फोनमा कोर्निङ गोरिल्ला ग्लास थ्री प्रयोग गरिएको छ ।

डुअल रियर क्यामेरा सेटअप रहेको फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा रहेको छ । सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

यो फोनमा मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेट प्रयोग गरिएको छ । फोनमा ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टाेरेज रहेको छ ।

फोनमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर लगायत सुविधा पनि उपलब्ध छ । त्यस्तै फाेनमा ४२३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

यस्तो छ अन्य फोनको मूल्य सूची

ModelPrice Rs.
OPPO A1k (2GB/32GB)15,490/-
OPPO A3s (3GB/32GB)24,590/-
OPPO A5s (2GB/32GB)16,790/-
OPPO A5s (3GB/32GB)18,590/-
Oppo A5 2020 (3GB/64GB)22,990/-
Oppo A5 2020 (4GB/128GB)25,490/-
Oppo A12 (3GB/32GB)17,590/-
Oppo A12 (4GB/64GB)20,790/-
Oppo A31 (4GB/128GB)26,590/-
Oppo A52 (4GB/128GB)29,990/-
Oppo A53 (4+64GB) 22,990
Oppo A9 2020 (8GB/128GB)33,590/-
OPPO F9 (4GB)37,990/-
OPPO F9 (6GB)45,590/-
Oppo F11 (4GB/128GB)29,990/-
Oppo F11 Pro (6GB/128GB)38,990/-
Oppo F15 (8GB/128GB)39,990/-  
Oppo F17 (6+128GB)33,990
Oppo F17 Pro (8+128GB)43,990
OPPO Reno 2F (8GB/28GB)43,990/-
Oppo Reno 3 (8GB/128GB)46,990/- 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१