close

फुडमाण्डुको सेवा पोखरामा, हरेक अर्डरमा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस २३, २०७७ २१:३

फुडमाण्डुको सेवा पोखरामा, हरेक अर्डरमा ३० प्रतिशत छुट

पोखरा । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो सेवा पर्यटकीय नगरी पोखरामा विस्तार गरेको छ । फुडमाण्डुले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यका बाहिर विस्तार गरेको हो ।

कम्पनीले बिहीबार पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा विस्तार गरिएको र पोखरावासीले अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सक्ने जानकारी दिएको छ ।

कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले पोखराबाट सेवा विस्तार भएको घोषणा गर्दै गुणस्तर खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको पहिलो फुड अनलाइन डेलिभरी प्लेटफर्मले पोखरावासीहरुलाई सेवा गर्नका लागि हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा विस्तार गर्ने योजनालाई हाल सफल बनाएको बताए ।

‘हामी पोखरामा सेवा विस्तार गर्न पाउँदा निकै उत्साहित भएका छौं र हाम्रो अनुभव पोखरेलीहरुसँग काठमाडौंका ग्राहकहरुलाई प्रदान गरेको जस्तै उच्चस्तरको सेवा प्रदान गर्नेछौं,’ संस्थापक अधिकारीले भने ।

उनले स्थानीयका साथै नेपालको प्रमुख पर्यटकीय शहर भएको कारण पर्यटकहरुले समेत फुडमाण्डुमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराहरुको आनन्द उठाउन सक्ने बताए ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डुको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार विस्तार गर्न सहज हुने बताए ।

पोखरामा सेवा विस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा रु. ३०० सम्मको छुट घोषणा गरेको छ ।

कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१