close

इलेक्ट्रिक कार बनाउँदै चिनियाँ सर्च इन्जिन कम्पनी बैडु

टेकपाना टेकपाना

पुस २४, २०७७ १८:५१

इलेक्ट्रिक कार बनाउँदै चिनियाँ सर्च इन्जिन कम्पनी बैडु

काठमाडौं । चिनियाँ सर्च इन्जिन कम्पनी बैडुले इलेक्ट्रिक कार निर्माण गर्ने भएको छ । कम्पनीले चीनकै सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी जिलीसँगको सहकार्यमा इलेक्ट्रिक कार निर्माण गर्ने भएको हो ।

यससँगै बैडु पछिल्लो समय अटो मोबाइलमा लगानी गर्ने तेस्रो समूह बनेको छ । इलेक्ट्रिक कार बनाउने निर्णयसँगै बैडुले आफ्नो क्षेत्रलाई समेत विस्तार गरेको छ ।

कम्पनीले यसअघि नै सेल्फ ड्राइभिङ कार निर्माणका लागि धेरै वर्ष बिताएको छ । गाडी अटोनोमसमा बैडु चिनकै नेतृत्वदायी कम्पनी पनि हो ।

अब, त्यसभन्दा बाहिर आएर कम्पनीले इलेक्ट्रिक कार निर्माणका लागि कम्पनीले जिलीसँग सहकार्य गर्ने भएको हो । सहकार्य अनुसार बैडुले इलेक्ट्रिक कारका लागि आवश्यक सफ्टवेयर निर्माणको काम गर्ने छ भने जिलीले हार्डवेयरमा काम गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१