close

कालिमाटी बजारमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

टेकपाना टेकपाना

पुस २४, २०७७ १५:१३

कालिमाटी बजारमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त स्थानमा प्रभु बैंकले क्यूआर कोडको सुरुवात गरेको हो ।

नेपाल राष्ट्र बैंकको सम्वन्यमा बैंकले कालिमाटी तरकारी तथा फलफूल बजारमा विद्युतीय भुक्तानीको सुरुवात गरेको उल्लेख गरेकाे छ । उक्त सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।

उनले १ सय रूपैयाँको काउली र ३ सय रूपैयाँको च्याउ खरिद गरी क्युआर कोडमार्फत् भुक्तानी गरेका हुन् । उक्त क्रममा उनले विद्युतीय कारोबार सुरक्षित हुनुका साथै यसको प्रयोगमा आएको व्यापकतालाई मध्यनजर गर्दै राष्ट्र बैंक यस्ता कार्यलाई प्रोत्साहन गरिरहेको भनाइ राखे ।

योसँगै तरकारी बजारमा क्यूआर प्रयोगमा आएको यो तेस्रो स्थान हो । यसअघि नक्साल तरकारी बजार र कालिमाटी तरकारी बजारमा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने भइसकेको छ ।

गभर्नर अधिकारीले भविष्यमा देशव्यापीरुपमै यो सेवा विस्तार गरिने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१