close

ह्वाट्सएपको दादागिरी बढेसँगै प्रयोगकर्ता सिग्नलतर्फ आकर्षित

टेकपाना टेकपाना

पुस २४, २०७७ २२:२३

ह्वाट्सएपको दादागिरी बढेसँगै प्रयोगकर्ता सिग्नलतर्फ आकर्षित

काठमाडौं । ह्वाट्सएपको नयाँ नियम तथा शर्तले प्रयोगकर्तामाझ मुस्किल पैदा गरिदिएको छ । यसबाट प्रयोगकर्ताबीच एक किसिमको संसय पैदा गराएको छ ।

परिणाम स्वरुप कतिपय प्रयोगकर्ता ह्वाट्सएपको अर्को विकल्प खोज्न थालेका छन् । जसमा आफ्नो गोपनीयतामाथि कुनै प्रकारको खतरा नहोस् ।

यसैबीच नयाँ म्यासेजिङ एप सिग्नलले प्रयोगकर्ताको ध्यान तानेको छ । पछिल्ला दिनमा प्रयोगकर्ताको संख्या बढ्दा सिग्नलमा भेरिफिकेसन कोड प्राप्त गर्नमा समय लाग्ने गरेको छ ।

यो म्यासेजिङ एपले प्रयोगकर्तालाई जोड्नका लागि एउटा निर्देशिका समेत जारी गरेको छ । जसमा अन्य म्यासेजिङ एपबाट सिग्नलमा आउने प्रयोगकर्तालाई स्थानान्तरणको तरिका बताइएको छ ।

ह्वाट्सएपको दादागिरी

बुधबार ह्वाट्सएपले प्रयोगकर्तालाई पप अप म्यासेज पठायो । जसमा प्रयोगकर्ताले पालना गर्नुपर्ने नियम तथा शर्का साथै नयाँ गोपनीयता नीतिको बारेमा समेत बताइएको थियो ।

नयाँ नियम ८ फेब्रुअरीदेखि लागु हुनेछ । ह्वाट्सएपले कसरी प्रयोगकर्ताको डेटा प्रयोग गर्छ भन्ने कुरा समेत उक्त पप अप म्यासेजमा उल्लेख गरिएको छ । ह्वाट्सएप प्रयोग गर्नका लागि यी नयाँ शर्त तथा नियम स्वीकार गर्नुपर्ने हुन्छ ।

त्यसलाई एसेप्ट अर्थात स्वीकार नगर्दा प्रयोगकर्ताको अकाउन्ट डिलिट गरिने छ । ह्वाट्सएपको यो घोषणा पश्चात प्रयोगकर्ता सिग्नल तथा टेलिग्राम जस्ता अन्य म्यासेजिङ एपमा जानका लागि तयार भएका छन् ।

यस विषयमा टेस्लाका सीईओ तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले शुक्रबार मात्रै नयाँ प्रयोगकर्तालाई सिग्नलमा जोडिन अपील गरेका छन् । सिग्नलले गत डिसेम्बरमा आफ्नो पछिल्लो भर्सनका साथ ग्रुप कल सार्वजनिक गरेको छ ।

जसमा इन्क्रिप्सनको सुविधा समेत दिइएको छ । सिग्नलले व्यक्तिगत डेटाको रुपमा केवल प्रयोगकर्ताको फोन नम्बर मात्र स्टोर गर्दछ र त्यसलाई प्रयोगकर्ताको पहिचानका लागि जोड्ने कुनै पनि कोसिस गर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१