काठमाडौं । सरकारले ६० वटा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट तालिममा सहभागी हुन अनलाइन आवेदन माग गरेको हो ।
केन्द्रले निःशुल्क रुपमा सञ्चालन हुने तालिमका लागि माघ १६ गतेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ । मितव्ययीता र मुलुकभरबाट सहजै आवेदन दिन सकियोस् भन्ने उद्देश्यका साथ अनलाइन आवेदनको व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।
साथै उक्त तालिम सञ्चालनका लागि केन्द्रले आवश्यक प्रशिक्षकको रोस्टर समेत तयार पार्ने भएको छ । त्यसका लागि योग्य व्यक्तिले सूचीमा समावेश हुन दरखास्त दिन सक्नेछन् ।
१८ वर्ष पुरा भएका नेपाली नागरिकले तालिममा सहभागी हुन पाउने छन् । त्यसका लागि यस अघि आधारभूत तालिम लिएको कागजात र कुनै पेशा वा व्यवसायमा आवद्ध भए त्यस्तो पेशा व्यवसाय स्तरोन्नती गर्ने व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।
एक जनाले दुईभन्दा बढी तालिमको आवेदन दिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । आवेदन दिने मध्ये छनौट भएका प्रशिक्षार्थीहरुलाई वेबसाइट तथा ईमेलमार्फत तालिम सञ्चालन हुने समयावधी, स्थान, मिति र समयको जानकारी गराइने बताइएको छ । तालिममा सहभागी भए वापत कुनै प्रकारको भत्ता वा सुविधा भने पाइने छैन ।
यस्तो छ निःशुल्क तालिमको विवरण
क्र.सं
तालिमको विषय
तालिम अवधि
छनौट हुने संख्या
1
हाउस वायरिङ
२ महिना
७५ जना
2
उद्यमशीलता विकास
७ दिन
६०० जना
3
खाद्य प्रशोधन
१० दिन
७५ जना
4
बेसिक प्याट्रन सिलाई
२ महिना
१२० जना
5
एडभान्स प्याट्रन सिलाई
२ महिना
९० जना
6
फेसन डिजाइन
२ महिना
६० जना
7
हाते इम्ब्रोइडयी
२ महिना
१०५ जना
8
भेर्सन इम्ब्रोइडरी
२ महिना
४५ जना
9
क्रिष्टल सामग्री उत्पादन
१ महिना
२१० जना
10
मखमल, ढाका जुत्ता, चप्पल उत्पादन
१ महिना
१२० जना
11
हातेकागज र फेल्ट उत्पादन
१ महिना
१२० जना
12
कागज वस्तु र स्क्रिन प्रिन्ट
१ महिना
४५ जना
13
रबर बोल्डिङ र रेजिनका वस्तु उत्पादन
१५ दिन
६० जना
14
बेकरी एड्भान्स
१५ दिन
२१० जना
15
व्यूटिसियन (बेसिक)
२ महिना
२१० जना
16
व्यूटिसियन (एड्भान्स)
२ महिना
९० जना
17
डल बनाउने
१ महिना
४२० जना
18
प्लम्बिङ
२ महिना
१८० जना
19
मोबाइल मर्मत
२ महिना
२१० जना
20
मोटरसाइकल मर्मत
२ महिना
१५० जना
21
अटो मेकानिक (गाडी मर्मत ४ चक्के)
२ महिना
९० जना
22
कम्प्युटर मर्मत-हार्डवेयर
२ महिना
१५० जना
23
पानी तान्ने मेसिन (पम्प पर्मत तालिम)
१ महिना
९० जना
24
कफी वारिष्टा
१५ दिन
२७० जना
25
बेकरी बेसिक
१० दिन
५१० जना
26
जाम जेली सस
१० दिन
२१० जना
27
आलु र केरा चिप्स
७ दिन
२१० जना
28
बेद बाँसका सामग्री
२ महिना
९० जना
29
म्याक्रोनी बनाउने
७ दिन
२१० जना
30
रबर स्ट्याम्प साइनबोर्ड
१ महिना
१२० जना
31
शपिङ ब्याग बनाउने
१५ दिन
२१० जना
32
स्कुल ब्याग बनाउने
४५ दिन
२१० जना
33
झोल साबुन बनाउने
७ दिन
२१० जना
34
डल्लो साबुन बनाउने
७ दिन
२१० जना
35
स्यानिटरी प्याड बनाउने
१५ दिन
२४० जना
36
कफी प्रोसेसिङ
१५ दिन
६० जना
37
दालमोठ
७ दिन
२१० जना
38
पापड
७ दिन
२१० जना
39
दाना पशुपन्छी
१५ दिन
२१० जना
40
ट्याक्टर मर्मत
२ महिना
६० जना
41
इन्डस्ट्रियल वायरिङ
२ महिना
६० जना
42
बाटेको धुप
७ दिन
२१० जना
43
पेपर प्लास्टिक प्लेट
१५ दिन
२१० जना
44
वेल्डिङ
१ महिना
२१० जना
45
टायल मार्वल फिटिङ
२ महिना
९० जना
46
टिभी मर्मत
२ महिना
९० जना
47
अटो मोबाइल वायरिङ
२ महिना
९० जना
48
फेस मास्क बनाउने
७ दिन
२४० जना
49
स्यानिटाइजर बनाउने
७ दिन
२४० जना
50
फिनेल हार्पिक
७ दिन
४२० जना
51
टिस्यु पेपर
७ दिन
१८० जना
52
मायोनेज
७ दिन
२१० जना
53
दुध प्रशोधन
१ महिना
१२० जना
54
कर्नफ्लेक्स
७ दिन
२४० जना
55
मोटर वायन्डिङ
१ महिना
९० जना
56
केराको रेसा
१ महिना
२१० जना
57
हर्बल सामग्री
१५ दिन
२१० जना
58
सोलार जडान मर्मत
१ महिना
६० जना
59
फ्रिज एसी मर्मत
२ महिना
६० जना
60
यूपीभीसी तथा अल्मुनियम फेब्रिकेटर
२ महिना
९० जना
कसरी दिने आवेदन ?
तालिममा सहभागी हुन अनलाइन आवेदन दिनु अघि आफ्नो नेपाली नागरिकता, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, सीप अभिवृद्धि तालिमका लागि आधारभूत तालिम लिएको प्रमाणपत्र, लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात र व्यवसायीक योजना साथमा राख्नुहोस् ।
१. अनलाइन आवेदन दिन यहाँ क्लिक गरी तल दायाँतर्फ रहेको रजिस्टर बटनमा दबाउनुहोस् ।
२. त्यसपछि ‘आई असेप्ट द युजर अग्रिमेन्ट’ मा क्लिक गर्नुहोस् ।
३. आफ्नो नाम, ईमेल, पासवर्ड राखेर ‘आई असेप्ट’ र ‘आई एम नट रोबोट’ मा क्लिक गर्नुहोस् अनि ‘दर्ता गर्नुहोस्’ मा जानुहोस् ।
४. तीन मिनेट पछि आफ्नो ईमेल चेक गर्नुहोस् । ईमेलमा आएको ‘भेरिफाई योर ईमेल एड्रेस’ लिङ्कमा क्लिक गर्नुहोस् र भर्खरै राखेको ईमेल र पासवर्ड राखेर लगईन गरी फारम भर्नुहोस् । यो ईमेल र पासवर्ड आफूसँग सुरक्षित राख्न पनि नबिर्सिनुहोस् । यसबाट तपाईंले सूचना अवधिभर आफ्नो विवरण हेर्न, प्रिन्ट गर्न तथा अपडेट गर्न पनि सक्नुहुनेछ ।
५. फारममा व्यक्तिगत, तालिम, शैक्षिक, अनुभव लगायतका सम्पूर्ण विवरण अनिवार्य रुपमा भर्नुहोस् र आवश्यक कागजात समेत अपलोड गर्नुहोस् ।
६. यति गरिसकेपछि निवेदन तथा दरखास्त खण्डमा क्लिक गर्नुहोस् र थप विवरणभरेर अप्लाईमा क्लिक गर्नुहोस् । व्यवसायिक योजनाका लागि अपलोड गर्ने वा अनलाइनमै टाइप गर्ने दुवै सुविधा उपलब्ध छन् ।
७. आवेदन भरिसकेपछि प्रवेशपत्र प्रिन्ट गरेर राख्नुहोस् । केन्द्रले तालिमका लागि छनौट भए नभएको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरी तालिम केन्द्र तोकिने जनाएको छ ।