close

फोटोमा ब्याकग्राउन्ड हटाउने वा परिवर्तन गर्ने सजिलो तरिका

टेकपाना टेकपाना

पुस २५, २०७७ २१:४२

फोटोमा ब्याकग्राउन्ड हटाउने वा परिवर्तन गर्ने सजिलो तरिका

काठमाडौं । जब तपाईं कुनै फोटो लिनुहुन्छ । तब ब्याकग्राउन्डमा केही अनावश्यक कुराहरु देखिन्छन् । वास्तवमा यस्तो ब्याकग्राउन्डले तपाईंको फोटोको सुन्दरता बिगारिरहेको हुन्छ । तर जोकोहीका लागि ब्याकग्राउन्ड हटाउने काम सजिलो नहुन सक्छ ।

धेरैले फोटोशपमा गएर निकै लामो प्रक्रिया अपनाएर फोटोको ब्याकग्राउण्ड हटाउँछन् । तर आज हामीले तपाईंका लागि एउटा यस्तो वेबसाइटको कुरा गरिरहेका छौं, जसले तपाईंको फोटोको ब्याकग्राउण्डलाई थोरै समयमा सजिलै हटाइदिन सक्छ ।

रिमुभ डट बीजी एकदमै सजिलो वेबसाइट हो । यसमा गएर तपाईंले आफ्नो तस्वीर अपलोड गरी ब्याकग्राउन्ड हटाउन सक्नुहुन्छ । यसको प्रक्रिया पनि एकदमै सजिलो छ । 

सबैभन्दा पहिले माथि भएको वेबसाइटको लिङ्कमा क्लिक गरेर त्यहाँभित्र पस्नुहोस् । अब त्यहाँ आफूले चाहेको इमेज अपलोड गर्नुहोस् ।

अब एकछिन कुर्नुहोस् । तपाईंले अपलोड गरेको फोटोको पृष्ठभूमि हराइसकेको छ । त्यसलाई तपाईले एचडी र सामान्य कपी दुई विकल्पमा डाउनलोड गर्न सक्नुहुन्छ । 

साथै ब्याकग्राउन्ड हटिसकेपछि तपाईंले तस्वीरको माथिल्लो दायाँतिर रहेको इडिट अप्सनमा फोटोमा नयाँ ब्थयाकग्राउन्ड थप्न सक्नुहुन्छ । 

यो नि:शुल्क र सशुल्क दुवै भर्सनमा पाउन सकिन्छ । तर यसको सशुल्क भर्सनमा भने अझ धेरै फिचर पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१