क्लिनफिड लागू नगर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

Clean-feed-nepal-techpana

काठमाडौं । सरकारले विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार गत कात्तिक ७ देखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण लागु गरेको छ । तर केही विदेशी च्यानलहरुमा भने कानून विपरीत विज्ञापन बज्न सुरु भएको छ ।

त्यसो त नेपाली च्यानलहरुमा समेत विदेशी विज्ञापन डबिङ गरी प्रसारण हुँदै आएका छन् । यी दुवै कार्य क्लिन फिड विपरीत भएको विज्ञापन बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

एक सूचना प्रकाशित गर्दै बोर्डले कानून विपरीत यदाकदा प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । सूचनामा अगाडि भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team