close

एलन मस्कको एक ट्वीटले ११०० प्रतिशतले बढ्यो सिग्नलको शेयर !

टेकपाना टेकपाना

पुस २६, २०७७ ११:३७

एलन मस्कको एक ट्वीटले ११०० प्रतिशतले बढ्यो सिग्नलको शेयर !

काठमाडौं । ह्वाट्सएपले नयाँ नियम तथा शर्त लागु गरेसँगै ह्वाट्सएपको आलोचना सुरु भएको छ । हालसम्म सबैभन्दा प्रभावकारी र सुरक्षित एपको रुपमा परिचित हुँदै आएको ह्वाट्सएपको नयाँ शर्तअनुसार अब प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर हुनेछ ।

यसरी ह्वाट्सएपको डेटा फेसबुकसँग शेयर हुने भएपछि यो विषय यतिबेला चर्चामा छ । परिणामस्वरुप कतिपय प्रयोगकर्ता ह्वाट्सएपको अर्को विकल्प खोज्न थालेका छन् ।

जसमा आफ्नो गोपनीयतामाथि कुनै प्रकारको खतरा नहोस् । यसैबीच नयाँ म्यासेजिङ एप सिग्नलले प्रयोगकर्ताको ध्यान आकर्षित गरेको छ ।

त्यसको कारण विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलोन मस्कको एउटा ट्वीट हो । हालै विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा उदाएका उनले फेसबुकले ह्वाट्सएपले नयाँ नीति जारी गरेसँगै ट्वीटरमा सिग्नल प्रयोग गर्न भन्दै ट्वीट गरेका थिए ।

उनले उक्त ट्वीटमा धेरै कुरा नलेखेको भएता पनि उक्त ट्वीटले दिने सन्देश भने प्रभावकारी थियो । उनले ह्वाट्सएपको साटो सिग्नल प्रयोग गर्न भनेका थिए ।

मस्कले सिग्नलको विषयमा त्यति मात्रै के लेखेका थिए, सिग्नलतर्फ प्रयोगकर्ताको ध्यान मोडिएको छ । पछिल्ला दिनमा प्रयोगकर्ताको संख्या बढ्दा सिग्नलमा भेरिफिकेसन कोड प्राप्त गर्नमा समय लाग्न थालेको छ ।

त्यसभन्दा रोचक अर्को कुरा मस्कको उक्त ट्वीटको प्रभाव शेयर बजारमा देखिएको छ । त्यो पनि अर्कै कम्पनीको ।

मस्कले सिग्नल प्रयोग गर्न भनेसँगै अमेरिकाको स्टक बजारमा रहेको ‘सिग्नल एड्भान्स’ भन्ने कम्पनीको मूल्यले बजार तताएको हो ।

उक्त कम्पनी मस्कले भनेको सिग्नल कम्पनीसँग कुनै सरोकार नै राख्दैन । तर, नाम एउटै हुँदा शेयर बजारमा सिंग्नल एड्भान्स कम्पनीको सेयर बढेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१