close

सोसल मिडियामा बार्सिलोनाको रजगज, धेरै इङ्गेजमेन्ट कमाउनेमा नम्बर एक

टेकपाना टेकपाना

पुस २६, २०७७ १९:११

सोसल मिडियामा बार्सिलोनाको रजगज, धेरै इङ्गेजमेन्ट कमाउनेमा नम्बर एक

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका विश्वभर फ्यान छन् । क्लबका हरेक गतिविधि सामाजिक सञ्जालमा पछ्याउनेहरूकाे संख्या पनि दिनप्रतिदिन बढिरहेकाे छ ।

यसैबीच एक अध्ययनले सामाजिक सञ्जालमा सबैभन्दा बढी इङ्गेजमेन्ट बटुल्ने क्लबमा बार्सिलाेना नम्बर एकमा रहेकाे निश्कर्ष निकालेकाे छ । ब्लिङ्कफायरले गरेकाे साे अध्ययनमा याे क्लब २०२० मा इन्स्टाग्राम, ट्वीटर, युट्युब र टिकटकमा सबैभन्दा धेरै इङ्गेजमेन्ट बटुल्न सफल भएकाे उल्लेख गरिएकाे छ ।

अध्ययन अनुसार क्लबले लगातार छैठौं वर्ष याे सफलता प्राप्त गरेकाे हाे । सन् २०२० मा मात्रै क्लबले कुल १ अर्ब ६० करोड लाइक, कमेन्ट र शेयर प्राप्त गरेकाे छ ।

पछिल्लो ६ वर्षको अवधिमा बार्सिलोना मात्र एउटा यस्तो क्लब रह्यो, जसको सोसल नेटवर्कमा वर्षेनी एक अर्ब मानिसहरुको इङगेजमेन्ट रहेकाे छ ।

यस वर्ष इन्स्टाग्राम, ट्वीटर, युट्युब, टिकटक सबै प्लेटफर्ममा बार्सिलोना क्लबलाई कुनै पनि अन्य क्लबले पछाडि पार्न सकेन । तर फेसबुकमा भने बार्सा पहिलो क्लब बन्न सकेन ।

तर पहिलोपटक बार्सा डेढ अर्ब इङगेजमेन्ट कटाउने एक्लो क्लब बनेको छ । यो संख्या २०१९ मा १३.१३ प्रतिशतले बढेको थियो ।

यो सूचीमा दोस्रो स्थानमा इंग्लिस क्लब लिभरपुल रहेकाे छ भने तेस्राे स्थानमा म्यान्चेस्टर युनाइटेड छ । २०२० मा सार्वजनिक भएको नयाँ प्लेटफर्म रिल्सलाई पनि बार्साले प्रयोग गरेको थियो, जसमा उसको सर्ट भिडियोहरुले फ्यानहरुको मन जितेको थियो ।

टिकटकमा पनि चर्चा

टिकटकको प्लेटफर्ममा फलोअर्सको मामिलामा बार्सिलोना पहिलो नम्बरमा आउँछ । उसको फलोअर्स संख्या ६६ लाख रहेको छ । टिकटकको चिनियाँ भर्सन डौयिनमा पनि बार्सा यस वर्षको सबैभन्दा लोकप्रिय फुटबल क्लब बन्यो । उसको फलोअर्स ३१ लाख र इङगेजमेन्ट सात करोड ४० लाख रहेको थियो ।

यस्तै ट्वीटरमा पनि बार्साको मात्र १० करोड इङगेजमेन्ट थियो । २०१९ मा यो संख्या १०।२ प्रतिशतले बढ्दै यो लिभरपूल र म्यानचेस्टर युनाइटेडभन्दा अगाडि आएको थियो । गेम कभरेज र ट्रेनिङ भिडियोबाहेक सृजनात्मक ग्राफिक्स डिजाइन पनि बार्साका फ्यानहरुमाझ निकै लोकप्रिय बनेको थियो ।

युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर्स र भ्युज

२०२० मा बार्सा मात्र एउटा क्लब बन्यो, जसको युट्युबमा सब्सक्राइबर्स संख्या एक करोडभन्दा धेरै थिए । युट्युबले यसका लागि बार्सालाई डायमण्ड क्रिएटर अवार्ड समेत प्रदान गरेको थियो । अहिलेसम्म युट्युबमा धेरै सब्सक्राइबर्स भएको स्पोर्ट्स सम्बन्धी अकाउन्ट नेश्नल बास्केटबल एसोशिएसन मात्र हो, जसको सब्सक्राइर संख्या एक करोड २५ लाख रहेको छ ।

युट्युबमा सब्सक्राइबर्स मात्र होइन भिडियोको भ्यू पनि बार्साको त्यति नै धेरै थियो, जसले लिभरपुल र फ्लामेङ्गोलाई पनि पछाडि पारेको थियो । एफसी बार्सिलोना च्यानलको २०२० को भ्यू पनि २३ करोड रहेको छ ।

ट्वीच जस्तो भिडियो च्यानलमा पनि बार्साको भ्युज धेरै छ । गत डिसेम्बरमा मात्र अकाउन्ट खोलेको बार्साले पहिलो महिनामै चार लाख ६७ हजार भ्युज प्राप्त गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१