close

६ जीबी र्‍याम भएको सस्तो फोन सार्वजनिक गर्दै नोकिया

टेकपाना टेकपाना

पुस २७, २०७७ ११:१३

६ जीबी र्‍याम भएको सस्तो फोन सार्वजनिक गर्दै नोकिया

काठमाडौं । लोमो समयदेखि चर्चामा रहेको नोकिया ६.३ र ६.४ आउँदो अप्रिल महिनामा सार्वजनिक हुने भएको छ । बजेट फोनको रुपमा विश्व बजारमा भित्रिने नोकिया ६.३ र ६.४ मा चार वटा क्यामेरा हुने जनाइएकाे छ ।

यी स्मार्टफोनको तस्वीर भर्खरैमात्र अनलाइनमा लिक भएको छ । प्राप्त जानकारी अनुसार नोकिया ६.३ र ६.४ मा ६.४ इन्चको डिस्प्ले रहेको छ ।

फुल एचडी प्लस रिजाेलुसन रहेको फोनमा क्वालकम स्न्यापड्रागन प्रोसेसर रहेको छ । फोनमा ४८ मेगापिक्सेल रियर क्वार्ड क्यामेरा र १५ मेगापिक्सेल सेल्फी क्यामेरा हुनेछ ।

३, ४ र ६ जीबी र्‍याम गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने उक्त फोन ३२, ६४ र १२८ जीबी रोमका साथ उपलब्ध हुने उल्लेख छ । साथै फोनमा ४००० एमएएचको ब्याट्री रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१