close

१०० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेजको सुविधा दिँदै डेगो

टेकपाना टेकपाना

पुस २७, २०७७ १७:१३

१०० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेजको सुविधा दिँदै डेगो

काठमाडौं । विश्वमा निःशुल्क रूपमा क्लाउड स्टोरेज प्रदान गर्ने कम्पनीहरू धेरै छन् । तर यी सबै कम्पनीको सेवा उस्तै छैनन् । उनीहरुले प्रदान गर्ने नि:शुल्क क्लाउड स्पेस र अन्य फिचरले उनीहरुको सेवालाई समेत फरक बनाएको छ ।

क्लाउड स्टोरेजको अवधारणा एकदमै सजिलो छ । यो एउटा रिमोट डेटाबेस हो । सेवा प्रदायकको एउटा सर्भर भनेर तपाईंले बुझ्न सक्नुहुन्छ, जहाँ तपाईंका तस्वीर, भिडियो, डकुमेन्ट तथा अन्य फाइलहरु स्टोर भएर बस्दछ ।

विश्वमा निःशुल्क क्लाउड स्पेस दिने सेवा प्रदायक छन् । याे भिडमा डेगो एउटा यस्ताे कम्पनी हाे जसले तपाईंलाई १०० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ ।

तर यसमा धेरै सीमितता छन् । सबैभन्दा ठूलो सीमितता भनेको यसमा तपाईंले तीनवटा डिभाइसबाट मात्र फाइल अपलोड गर्न पाउनुहुन्छ ।

तर फाइल डाउनलोड गर्न तथा हेर्न यसमा त्यस्तो कुनै लिमिटेसन छैन । यसमा फाइल साइज भने ५१२ सम्मको हुन्छ ।

यसमा विज्ञापन भने प्रशस्तै आउने गर्छ । अकाउन्टलाई एक्टिभ बनाउन तपाईंले ९० दिनमा कम्तिमा एकपटक अकाउन्ट खोल्नुपर्ने हुन्छ । यो एकदमै युजरफ्रेन्ड्ली स्टोरेज हो ।

२०१२ मा स्थापना भएको स्विडेन बेस्ड यो कम्पनीको अर्को सब्सक्रिप्सन बेस सेवा पनि लिन सक्नुहुन्छ । यसका लागि भने तपाईंले २.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१