close

डिशहोममा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रसारण हुँदै

टेकपाना टेकपाना

पुस २७, २०७७ १७:२९

डिशहोममा ‘बेस्सरी हाँसौं’ हास्य कार्यक्रम प्रसारण हुँदै

काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मा अब स्ट्याण्डअप हास्य कार्यक्रम ‘बेस्सरी हाँसौं’ हरेक मंगलबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

कार्यक्रमको पहिलो भाग यही पुस २८ गते प्रशारण हुँदैछ भने पुनः प्रशारण कमेडी प्लस च्यानलमा पनि हेर्न सकिनेछ ।

डिशमिडिया नेटवर्कको लागी पायोनियर मिडियाले उत्पादन गरेको ‘बेस्सरी हाँसौं’ मा गणेश राई, विश्वजीत देउजा, सारा अधिकारी, सोमराज रावल लगायतका हास्य कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१