close

२०२१ मा ह्वावेमा देखिन सक्ने यी ५ परिवर्तन

टेकपाना टेकपाना

पुस २८, २०७७ ८:४९

२०२१ मा ह्वावेमा देखिन सक्ने यी ५ परिवर्तन

काठमाडौं । वर्ष २०२० धेरैका लागि पनि राम्रो रहेन । चिनियाँ टेक जायन्ट ह्वावेको लागि त अझै घातक रह्यो । अमेरिकी व्यापार प्रतिबन्धले उचाइ छुँदै पश्चिमा मुलुकमा ह्वावेको फ्ल्यागसिप लन्चलाई नै प्रभावित पार्‍यो । अमेरिकी प्रतिबन्धकै कारणले ह्वावेले पश्चिमा मुलुकमा अनर ब्राण्डलाई बेच्नुपर्‍यो । 

धेरै टेक कम्पनीले ह्वावेसँग काम गर्न चाहे पनि उसको फाइभजी नेटवर्किङको कार्य र अन्य अपरेसन पनि प्रभावित हुन गयो । 

तमाम अवरोधका बावजुद पनि ह्वावेको पी ४० र मेट ४० ह्याण्डसेटले बजारमा राम्रो प्रदर्शन गर्न सफल भयो ।

ह्वावेको आगामी दिनको भाग्य चीन बाहिरको हातमा छ । यद्यपि ह्वावेले आफूले गर्ने प्रयास र दिनसक्ने कुराहरुबाट भने पछि हटेको छ । यसैले आज हामी नयाँ वर्ष २०२१ मा ह्वावेबाट अपेक्षा गर्न सकिने कुराहरुका बारेमा बताउने छौं । 

१. गुगल सेवामा फिर्ता 

ह्वावेको पी ४० प्रो र मेट ४० प्रो एउटा अभूतपूर्ण हार्डवेयर थियो । तर गुगलका सेवामा निर्भर प्रयोगकर्ताहरुका लागि यी फोनहरु रेकोमेण्ड गर्न सही थिएन । यी फोनहरुमा म्याप तथा ड्राइभ जस्ता लोकप्रिय गुगल सेवा प्रयोग गर्न सकिने थिएन ।

यद्यपि यसको ईएमयूआइ ११ सफ्टवेयर भने अझै पनि एन्ड्रोइड ११ को सट्टा एन्ड्रोइड १० मै सञ्चालन भइरहेको थियो । यसमा गुगल इकोसिस्टमा धेरै फिचरहरु उपलब्ध थिएन । 

तर २०२० को अन्त्यमा अमेरिकी राजनीतिमा भएको व्यापक परिवर्तनले २०२१ मा गुगलका सेवाहरु ह्वावेमा  फर्केर आउन सक्ने अपेक्षा भने गर्नसकिन्छ । यो सुनिश्चित भइसकेको छैन, तर सम्भावना भने देख्न सकिन्छ । 

२. हार्मोनी अपरेटिङ सिस्टम स्मार्टफोन 

ह्वावेलाई गुगलले आफ्नो सेवा पुनः प्रदान गर्ने सम्भावना रहे पनि ह्वावे अब पूर्ण रुपमा पश्चिमा प्राविधिक इकोसिस्टममा निर्भर नरहने देखिन्छ । यसैले कम्पनीले आफ्नो ब्याकअप योजनामा रहेको हार्मोनी अपरेटिङ सिस्टममा निरन्तर काम गरिरहेको छ । यसको सेकेण्ड डेभलपर बेटा भर्सनसँग यो अब सम्पूर्ण स्मार्टफोनका लागि उपलब्ध हुनेछ । 

अब ह्वावेले आफ्नो स्मार्टफोन पूर्णतय हार्मोनी ओएसमा तयार गर्ने देखिएको छ । ह्वावेका कार्यकारी अधिकारी याङ हाइसङले २०२१ मा यो इकोसिस्टममा निर्मित नयाँ फोन सार्वजनिक गर्ने बताएका छन् । 

तर हार्मोनी एन्ड्रोइडको विकल्पमा कतिको उपयुक्त हुन्छ भन्ने कुरा हे्न बाँकी नै छ । 

३. मूलधारका लागि फोल्डेबल फोन 

सफ्टवेयर बाहेक यस वर्ष ह्वावेले हार्डवेयरमा समेत आफ्नो जादु देखाउने अपेक्षा गर्न सकिन्छ । सम्भवत अहिलेसम्म ह्वावे म्याक्स एक्स कम्पनीको पहिलो फोल्डेबल फोन हुने रहेको छ भने मेट एक्स एस फोल्डेबल शूत्रमा उत्कृष्ट पिस रहेको छ । तर यसमा गुगलका एप थिएन र मूल्य महङ्गो थियो ।

मेट एक्स एसको बिक्रीमा कमि आएको कारण ह्वावेले ६ करोड डलरको घाटा बेहोरेको कम्पनीले बेहोरेको थियो । 

नेक्स्ट जेनेरेसन मेट एक्स टु भने २०२० मै सार्वजनिक हुनसकेन । २०२१ मा यो ह्याण्डसेट पनि सार्वजनिक हुने बताइएको छ । तर यो फोन ग्राहको क्षमताभन्दा बाहिर रहेका अल्ट्रा प्रिमियम फोन हुन सक्ने बताइएको छ । 

यसैले फोल्डेबल प्रविधिमा अडेर ग्राहकको मन जित्न २०२२ सम्ममा ह्वावेले कम मूल्यका फोल्डेबल फोन ल्याउने बताएको छ । 

४. अद्भूत क्यामेरा

ह्वावेले क्यामेरा प्रविधिमा सधै राम्रो गर्दै आइरहेको कुरा हामी सबैलाई थाहा छ । २०२० का ह्वावे फ्ल्यागसिपका क्यामेरा फोन पनि उत्कृष्ट थिए । किनभने कम्पनी आरवाईवाईबी मेन इमेज सेन्सर र एचडीआर प्रोसेसिङमा स्विच भएको थियो । 

यसैले ह्वावेले अझै ठूलो र उज्यालो सेन्सरबाट आफ्नो फोटो क्वालिटीलाई बढाउँदै लग्ने अपेक्षा गरिएको छ । 

पेरिस्कोप क्यामेरा डिजाइनका कारण उसका फोनहरुमा जूम गुणस्तर्यता एकदमै राम्रो हुन्छ । यसमा कम्प्युटेसन फोटोग्राफी पनि छ । कम्पनीको रिफ्ल्याक्स रिमूभव एआइ फिचर पनि एकदमै राम्रो थियो । ह्वावे अहिले मल्टी क्यामेरा सेटअप तिर लगातार अगाडी बढिरहेको छ ।

आगामी दिनमा अड अन्डर एक्सपोजर तथा ड्राइभिङ जूम क्वालिटीको समस्यालाई हटाएर कम्पनी थप ठूलो र उज्यालो सेन्सरमा केन्द्रित हुने अपेक्षा गरिएको छ । 

५. अपडेटेड स्मार्टवाच स्पेसिफिकेसन 

२०२० सम्म ह्वावेको स्मार्टवाच बजार एकदमै कमजोर रह्यो । यद्यपी ह्वावेका अन्य डिभाइस भने राम्रै अवस्थामा रह्यो । कम्पनीको स्मार्टवाचमा एकदमै राम्रो ब्याट्री क्षमता, सुन्दर डिजाइन र प्रशस्त कटिङ एज फंसनालिटी छ । 

तर ह्वावे वाच फिट र ह्वावे वाच जीटी टु प्रो पुरानो हार्डवेयरमा आधारित छन् । ती स्मार्टवाच लाइनअपले रिफ्रेस प्रयोग गरी आफ्नो पर्फमेन्सलाई बढाउन सक्छन् । यसका लागि अतिरिक्त स्टोरेज स्पेस पनि चााँहिदैँन । 

यस वर्ष ह्वावेको वाच सफ्टवेयरले केही नयाँ पोसिस प्रयोग गर्नेछ । यसमा थर्ड पार्टी एपको सपोर्ट हुने अपेक्षा छ । साथै ह्वावेबाहेकका स्मार्टफोनसँग पनि पेयर हुनसक्ने फिचर आउनेछन् । ह्वावे आफ्नो इन हाउस इकोसिस्टमबाटको धारणाबाट केही खुकुलो भएको देख्न सकिन्छ, जुन राम्रो कुरा हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१