close

एलन मस्कको एउटा ट्वीटले फेरियो सिग्नलको भाग्य, एक करोड बढी डाउनलोड

टेकपाना टेकपाना

पुस २८, २०७७ १३:४९

एलन मस्कको एउटा ट्वीटले फेरियो सिग्नलको भाग्य, एक करोड बढी डाउनलोड


काठमाडौं । टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कको एक ट्वीटले पछिल्लो केही दिनयता मेसेजिङ एप सिग्नलले छुट्टै चर्चा बटुलिरहेको छ ।

मस्कको उक्त ट्वीटको प्रभाव उक्त एपको डाउनलोडमा देखिएको छ । केही दिनको अन्तरालमै उक्त एप डाउनलोड गर्नेको संख्या एक करोडभन्दा बढी पुगेको छ ।

ह्वाट्सएपले नयाँ नियम तथा शर्त लागू गरेसँगै सुरु भएको आलोचनाकै बीचमा आएको मस्ककाे उक्त ट्वीटले सिग्नलको भाग्य नै परिवर्तन गरिदिएको छ ।

हालसम्म सबैभन्दा प्रभावकारी र सुरक्षित एपको रुपमा परिचित हुँदै आएको ह्वाट्सएपको नयाँ शर्तअनुसार अब प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर हुनेछ ।

यसरी ह्वाट्सएपको डेटा फेसबुकसँग शेयर हुने भएपछि यो विषय यतिबेला चर्चामा छ । परिणामस्वरुप कतिपय प्रयोगकर्ता ह्वाट्सएपको अर्को विकल्प खोज्न थालेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ‘युज सिग्नल’ भन्दै ट्वीट गरेका थिए । उनको यो ट्वीटसँगै सिग्नल एपको प्रयोगमा ठूलो वृद्धि आएको जनाइएको छ ।

सन् २०१४ मा सार्वजनिक भएर पनि ६ वर्षसम्म गुमनाम रहेको सिग्नल एप हालैमात्र १ करोड भन्दा बढी भएको उल्लेख गरिएको छ । यसअन्तर्गत हरेक दिन करिब १० लाख एप डाउनलाेड भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१