नेटटीभीको ‘सिने प्लस’ प्याकेज, ३ हजारभन्दा बढी चर्चित फिल्म र वेब सिरिज हेर्न सकिने

काठमाडौं । नेपालको पहिलो आईपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्र, टीभी सिरियल र टीभी शोजस्ता मनोरञ्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउँदै आइरहेको छ ।

सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्तर्गत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेब सिरिजहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट-टप बक्स भएका ग्राहकले लिन सक्छन् ।

हंगामा बाहेक, नेटटीभी प्राइम प्याकेजसँगै नेटटीभी सिनेप्लस क्याटेगाेरी अन्तर्गत ३ हजारभन्दा बढी चलचित्र सामग्री, वेब सिरिज र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् ।

यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकलाई कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको क्याटेगाेरी अन्तर्गत प्रशारण गर्दैछ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि ३ हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेब सिरिज र अन्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेजले ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ ।

नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै ४ हजारभन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

कम्पनीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्छन् “हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौ । ”

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team