close

कोरोना प्रभावलाई सामान्यीकरण गर्न एनसेलले ल्यायो ‘फास्ट फरवार्ड लाइफ’ अभियान

टेकपाना टेकपाना

पुस २८, २०७७ १३:०

कोरोना प्रभावलाई सामान्यीकरण  गर्न एनसेलले ल्यायो ‘फास्ट फरवार्ड लाइफ’ अभियान

काठमाडौं । कोरोना महामारीको प्रभाव र यसले सिर्जना गरेका असहज परिस्थितिलाई आत्मसाथ गर्दै अघि बढ्न प्रोत्साहन गर्दै आएको एनसेलले नयाँ अभियान सुरु गरेको छ । भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ अघि बढ्न अभिप्रेरित गर्ने योजनाका साथ एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुरुवात गरेको हो ।

एनसेलले सोमबार साँझ एक ‘शर्ट मुभी’ आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै यस अभियानको सुरुवात गरेको थियो । ‘डिजिटलका साथ अब अगाडि बढौं’ ट्यागलाइन रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको उद्देश्य ‘आज, भोलि सधै सँगै’ अनुरुप सञ्चालन गरेको जनाएको छ ।

यसमा कसरी डिजिटल पावर अर्थात सेवा, सुविधाले जीवनयापन सहज बनाउँदै छिटो अघि बढ्न सकिन्छ भनेर दखाइएको छ । कोरोनाको प्रभाव पश्चात डिजिटल सेवा तथा सुविधाका महत्व र प्रयोग बढेको छ ।

यसअघि एनसेलले ‘अनपज’ अभियान सञ्चालनमा ल्याएको थियो । जस अन्तर्गत कम्पनीले महिलाका लागि विषेश ‘गो सिम’ र ‘एनसेल जबसप’ र ‘एनसेल अडियो क्लास’ जस्ता सेवाहरु सञ्चालनमा ल्याएको थियो ।

साथै बन्दाबन्दीले दिएका सिकाई, अनुभव, नवसामान्यीकरण, कोभिड संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर ‘मुभिङ अहेड’ वेबिनार सेरिज समेत कम्पनीले आयोजना गरेको थियो ।

नयाँ अभियानको घोषणापछि पनि एनसेलले ग्राहकका लागि डिजिटल पावरबाट लाभ लिन सकिने खालका सेवा तथा सुविधा ल्याउने आशा गरिएको छ । बन्दाबन्दीका बेलामा आफ्ना विभिन्न सेवाका शुल्कमा विषेश राहत प्रदान गर्दै आएको एनसेलले बन्दाबन्दी पश्चात पनि ग्राहकका लागि विविध अफर ल्याएको थियो ।

एनसेलका अनुसार कोरोनाको माहामारीको बिचमा कम्पनीले विभिन्न सामाजिक कार्यहरु, सेवा शुल्कमा छुट, रिचार्जमा १२० प्रतिशत बोनस, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा लगायत विविध ग्राहकमैत्री अफर समेत गरी भण्डै ९ अर्ब ७० करोड बराबर मूल्यको योगदान गरेको छ ।

साथै एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमको पालनाका लागि निरन्तर जनचेतना फैलाउने काम गर्दै आइरेहको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१