close

एटीएम बुथ तोडफोड गर्ने युवा समातिए

टेकपाना टेकपाना

पुस २८, २०७७ १३:३३

एटीएम बुथ तोडफोड गर्ने युवा समातिए

काठमाडौं । एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोड गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सुनसरीस्थित धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

एटीएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सीसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१