close

खल्ती वालेटबाट यसरी गर्नुहोस् आन्तरिक राजस्व कार्यालयको कर भुक्तानी

टेकपाना टेकपाना

पुस २८, २०७७ १६:३९

खल्ती वालेटबाट यसरी गर्नुहोस् आन्तरिक राजस्व कार्यालयको कर भुक्तानी

काठमाडौं । करदाताहरुले आन्तरिक राजस्व कार्यालयको राजस्व अब खल्ती मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । योसँगै आन्तरिक राजस्व विभाग अन्तर्गतका भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क करदाताले खल्तीबाटै बुझाउन सक्नेछन् ।

प्रयोगकर्ताले यो सेवा खल्ती एप तथा वेब दुवै भर्सनबाट लिन सकिने छ । त्यसका लागि सुरुमा तपाईंसँग खल्ती अकाउण्ट भने हुनुपर्नेछ । त्यसाे भएको खण्डमा तपाईंले घरमै बसेर विभिन्न सरकारी राजश्व बुझाउन सक्नुहुनेछ ।

कम्पनीका निर्देशक अमित अग्रवालका अनुसार हाल उक्त सिस्टममा नेपाल बैंक, ग्लोबल आईएमई बैंक गरी दुई ओटा बैंक जोडिएका छन् । भने, आगामी दिनमा थप बैंकहरु थपिँदै जानेछन् ।

यसरी बुझाउनुहोस् खल्तीबाट कर

१. सुरुमा आन्तरिक राजस्व कार्यालयको वेबसाइट खोल्नुहोस् ।

२. अब त्यहाँ रहेको करदाता पोर्टलमा क्लिक गर्नुहोस्।

३. अब त्यहाँ Online E-Services मा रहेको ‘General’ मा क्लिक गरी त्यसमा रहेको ‘Tax Payer Login’ मा क्लिक गर्नुहोस् ।

४. उक्त ‘Login’ पेजमा तपाईंले स्थायी लेखा नम्बर र प्रयोगकर्ताको नम्बरमा आफ्नो व्यवसायको स्थायी लेखा नम्बर (PAN Number) भरी पासवर्ड भरी लगइन गर्नुहोस्

५. लगइन भएसँगै अब त्यहाँभित्र रहेकाे ‘Payment Voucher’ मा क्लिक गर्नुहोस्

६. रकम जम्मा हुने बैंकमा तपाई‌ले नेपाल बैंक लिमिटेड अथवा ग्लाेबल आईएमई बै‌ंकमध्य कुनै एक छान्नुहोस् र रकम बुझाउन चाहनुभएको करको प्रकार, राजस्व शीर्षककर विवरण छान्नुहोस् र अन्तयमा आर्थिक वर्ष छानी तल रहेकाे ‘Generate Transaction Code’ मा क्लिक गर्नुहाेस् ।

७. विवरण ठिक छ/छैन जाँच गरी ‘Confirm’ मा क्लिक गर्नुहोस्

८. अब त्यहाँ रहेकाे ‘Transaction Code’ नाेट गरी खल्तीको Website वा App खोल्नुहोस् ।

९. App / Web मा रहेको Government Services मा रहेको ‘FCGO‘ मा क्लिक गर्नुहोस्।

१०. अब EBP Number मा अगि नोट गर्नुभएको Transaction Code र शुल्क भरी ‘Get Details’ मा क्लिक गर्नुहोस्।

११. देखाइएको विवरण ठिक भए ‘Check Out’ मा क्लिक गरि पेमेन्ट विकल्प छनौट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१