close

अनलाइनबाटै खानाको परिकार र पार्सल डेलिभरी सेवा दिँदै ‘फिलिली कनेक्ट’

टेकपाना टेकपाना

पुस २८, २०७७ १५:२८

अनलाइनबाटै खानाको परिकार र पार्सल डेलिभरी सेवा दिँदै ‘फिलिली कनेक्ट’

काठमाडौं । कोभिड १९ महामारीसँग उदाएको ईकमर्श क्षेत्रमा भर्खरै अर्को नयाँ नाम फिलिली कनेक्ट पनि थपिएकाे छ । गाँस, कपास, औषधि, विद्युतीय उपकरणदेखि दैनिक आवश्यकताका विभिन्न सामग्रीहरु एउटै छातामुनि उपलब्ध गराउने फिलिलीमा अन्य ईकमर्शभन्दा फरक छिटो छरितो पार्सल डेलिभरीको सेवा पनि पाउन सकिन्छ ।

उपभोक्ताका लागि मात्र नभएर बिक्रेताका लागि पनि उत्तिकै सहज र सुविधाजनक छ फिलिली कनेक्टको मार्केट प्लेटफर्म

बिक्रेताहरुले आफ्नो वस्तु फिलिलीको प्लेटफर्ममा ल्याएर राखेपछि आफ्नो वस्तु तथा सेवालाई बजारसम्म पुर्‍याउन कुनै पनि वैकल्पिक प्रचार तथा डिजिटल एडभर्टाइजिङ मार्केटिङको सहयोग लिनुपर्दैन ।

फिलिली कनेक्टको कस्टमाइज्ड वेबसाइट तथा एपको मद्दतबाट क्रेता तथा बिक्रेता सजिलैसँग एकअर्कासँग जोडिन सक्छन् । 

फिलिली कनेक्टको कस्टमाइज वेबसाइट र एपमा बिक्रेता आफैले आफ्नो वस्तु तथा कस्टमर डेटाबेसलाई व्यवस्थापन गर्न सक्छन् । यसरी बिक्रेताले आफ्नो वस्तु तथा सेवाको सेल्स ट्रेण्ड, सेवाग्राहीको प्रतिक्रिया र पर्फमेन्स मेट्रिक्स आफैंले मूल्याङ्कन गर्न सक्छन् । 

फिलिली कनेक्टको नि:शुल्क सब वेबसाइट तथा एपभित्र भेन्डरले आफ्नै लोगोसहितको ड्यासबोर्ड पाउन सक्छन् ।

यसरी अन्य प्लेटफर्ममा भन्दा पृथक फिलिलीमा वस्तु, इन्भेन्टरी, मूल्य, छुट, प्रोमो कोड, अर्डर हिस्ट्री, सेल्स रेट, सेल्स फिगर, कारोबारी सबै कुरामा भेन्डरको आफ्नै नियन्त्रण हुन्छ । यसले भेन्डरको मूल्यवान समयको बचत गरिदिन्छ । 

यसबाहेक ठूला ठूला प्लेटफर्महरुमा ठूला ठूला ब्राण्ड तथा भेण्डरहरुसँग प्रतिस्पर्धा गरिरहेका स्थानीय भेन्डरहरुका लागि फिलिली एकदमै उपयुक्त प्लेटफर्म पनि हो । किनभने फिलिलीले स्थानीय भेण्डरको ब्राण्डिङ गर्दछ । 

भेण्डरबाहेक सामान्य उपभोक्ताको हकमा पनि फिलिलीसँग निकै राम्रो फिचर छ । फिलिली एपको जियोफेन्सिङ फिचरले प्रयोगकर्ताले एप खोलेको अवस्थामा नजिकका उत्कृष्ट रेस्ट्रो, स्टोर हाउस जस्ता सेवा प्रदायकको लोकेसन रेकमेन्ड गरिदिन्छ ।

यसरी प्रयोगकर्ताहरुले आफू भएकै ठाउँबाट वस्तुको अनलाइन अर्डर गरी डेलिभरी समेत पाउन सक्छन् । 

फिलिलीको डेलिभरी सेवा पनि एकदमै आधुनिक छ । डेलिभरीमा ट्रयाकिङ फिचरका कारण उपभोक्ताले आफ्नो सामग्री संकलन भइ आइरहेको, पुगेको सबै कुरा रियल टाइम पिक्चरसहित एपबाटै ट्रयाक गर्न सक्छन् ।

कम्पनीको आफ्नै डेलिभरी प्लेटफर्म फिलिली ड्राइभर्स एपबाट यी कुराहरु देख्न सकिन्छ । विभिन्न डेलिभरी पार्टनरहरु संलग्न रहेको डेलिभरी प्लेटफर्मले तपाईको खाद्य बस्तुलाई तपाईले चाहेको समयमा जुनसुकै स्थलमा ल्याइपुर्‍याइदिन सक्छ ।

कम्पनीको एक्सप्रेस डेलिभरी सर्भिसले खाद्य सामग्री ९० मिनेटमा डेलिभरी गर्छ भने अन्य सामग्रीलाई ३ घण्टाभित्रमा ल्याई पुर्‍याउँछ । 

शपिङ तथा डाइनिङ सेवा बाहेक फिलिली कनेक्टले आफ्नो प्लेटफर्मभित्र समावेश गरेको अर्को सेवा एक्सप्रेस पार्सल डेलिभरी सेवामार्फत तपाईंले विभिन्न पार्सल, कागजात तथा उपहारहरु आफ्ना साथीभाइ, परिवार तथा कार्यालयमा पठाउन सक्नुहुन्छ । 

अनलाइन सेवाको माग बढिरहेको अवस्थामा फिलिली कनेक्टको संयुक्त सेवाले अनलाइन खरिद बिक्रीको अनुभवलाई थप प्रभावकारी, वृहत र सजिलो बनाएको कम्पनीको विश्वास छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१