close

आउँदो महिना सार्वजनिक हुने तरखरमा रेडमी के४०, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस २८, २०७७ १७:२२

आउँदो महिना सार्वजनिक हुने तरखरमा रेडमी के४०, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीको सबब्राण्ड रेडमीले आउँदो महिना नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले रेडमी के४० सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यो फोनमा क्वालकमको पछिल्लो फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन फ्ल्यागसिप ८८८ प्रयोग हुने बताइएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार उक्त फोन फेब्रुअरी महिनामा चिनियाँ बजारमा सार्वजनिक हुनेछ । जसमा उच्च रिफ्रेस रेटसाथ फ्ल्याट डिस्प्ले प्रयोग गरिने उल्लेख छ । स्मार्टफाेनकाे उक्त स्क्रिन एमाेलेड प्यानलमा आउन सक्ने आँकलन गरिएको छ ।

Redmi K40 details

यसअघिको बजारमा आएको रेडमी के३० सिरिजमा क्वालकम स्न्यापड्रागन ७३० चिपसेट थियो । तर, नयाँ सिरिजमा क्वालकम स्न्यापड्रागन फ्ल्यागसिप ८८८ चिपसेट रहने छ । भने, ब्याट्रीको हिसाबले पनि यो के३० भन्दा उत्कृष्ट हुेनछ ।

रेडमी के३० मा ४५०० एएमएच ब्याट्री रहेको थियो भने रेडमी के४० मा पनि ४००० एएमएच भन्दा बढी क्षमताको ब्याट्री राखिने उल्लेख छ ।

मूल्यको गर्दा रेडमी के४० २९९९ चिनियाँ युआन अर्थात् ५४ हजार नेपाली रूपैयाँको हारहारीबाट सुरू हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१