close

वार्षिक रिचार्जमा ४,१३० सम्म छुट दिँदै क्लासिक टेक, बोनसमा थप दुई महिनाको इन्टरनेट

टेकपाना टेकपाना

पुस २८, २०७७ १८:२७

वार्षिक रिचार्जमा ४,१३० सम्म छुट दिँदै क्लासिक टेक, बोनसमा थप दुई महिनाको इन्टरनेट


काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि ‘विशेष अफर’ ल्याएको छ । यो अफर अन्तर्गत अब हरेक ग्राहकले रु. २८१६ देखि रु. ४१३० क्यास डिस्काउन्ट र २ महिना बोनस पाउनेछन् ।

कम्पनीले यो अफर अनलाइन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसिमका रिचार्ज सुविधामा ‘महाछुट अफर’ दिएको बताएकाे छ ।

कम्पनीले ग्राहकको फाइदा र सुविधाका लागि विभिन्न समयमा छुट र बोनस अफर ल्याउने गरेकाे उल्लेख गर्दै यस्ता अफरहरुले ग्राहकलाई थप आर्थिक लाभ मिल्ने विश्वास लिएकाे छ ।

याे अफर अन्तर्गत ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ ।

त्यस्तै ६ महिनाको रिचार्ज शुल्क भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्क तिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो ।

त्यस्तै तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिइएको छ।

कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपीटीभी एचडी तथा एसडी च्यानल च्यानल उपलब्ध गराइएको छ ।

‘ल्यागफ्री गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’ एकदमै राम्रो उत्कृष्ट रहेको बताउँदै कम्पनीले आफ्नो सेवा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध रहेको जानकारी दिएको छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गरेकाे अवस्थामा कम्पनीले सेवामा थप बोनस उपलब्ध गराएको छ ।

जहाँ एक वर्षको योजनामा ग्राहकले २ महिना निःशुल्क बोनस पाउनेछन् भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ ।

त्यस्तै, कम्तीमा ३ महिनाको सेवा लिएको भए १५ दिनको बोनस पाइनेछ । कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय अधिकारीले ग्रहकहरुलाई याे विशेष अफर नछुटाउन अनुरोध गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१