close

युट्युवबाट हटाइयो ट्रम्पको भिडियो, नयाँ अपलोड गर्न प्रतिबन्ध

टेकपाना टेकपाना

पुस २९, २०७७ ११:४१

युट्युवबाट हटाइयो ट्रम्पको भिडियो, नयाँ अपलोड गर्न प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्पनीको नीति उल्लंघन गरेको भन्दै युट्युवले उनको भिडियो हटाइ दिएको छ । साथै उनलाई थप एक हप्तासम्म कुनै पनि भिडियो अपलोड गर्न समेत नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

हालसम्म युट्युवले कुन भिडियो हटाइएको हो भन्ने विषयमा भने कुनै जानकारी खुलाएको छैन । तर, उक्त भिडियोले द्वन्द्वलाई बढावा दिने भएकाले हटाइएको युट्युले जनाएको छ ।

युट्युवका अनुसार उक्त भिडियोको अध्ययन पश्चात मात्रै डिलिट गरिएको जनाएको छ । साथै कम्तिमा पनि एक हप्ता उक्त च्यानलमा भिडियो अपलोडमा पनि प्रतिबन्ध लगाइएको युट्युवले बताएको छ ।

युट्युवले प्रतिबन्धको विषयलाई लिएर पुनः समीक्षा सकिने समेत उल्लेख गरेको छ । यसअघि फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाइसकेको अवस्थामा ट्रम्पका लागि युट्युव एउटमा राम्रो विकल्प थियो । अब युट्युवमा समेत प्रतिबन्ध लागेसँगै ट्रम्पका लागि ठूलो समुदायमा पुग्ने माध्यम टुटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१