close

उपत्यकाका ट्राफिक बत्तीको ‘स्मार्ट’ व्यवस्थापन गरिँदै

टेकपाना टेकपाना

पुस २९, २०७७ १२:२७

उपत्यकाका ट्राफिक बत्तीको ‘स्मार्ट’ व्यवस्थापन गरिँदै

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ।

अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए।

उनले भने, ‘अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हरियो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ।’ – रासस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१