close

कनेक्ट आईपीएसबाट एक महिनामै ९० अर्ब बढीको कारोबार

टेकपाना टेकपाना

माघ १, २०७७ ११:३३

कनेक्ट आईपीएसबाट एक महिनामै ९० अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीको सेवा कनेक्ट आईपीएसबाट हुने कारोबार संख्यमा उल्लेख्य वृद्धि भएको छ । गत महिनको तुलनामा झन्डै दुई लाखले वृद्धिहुँदै मंसिरमा कुल १२ लाख १७ हजार ३ सय १० पटक कारोबार भएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्याकंअनुसार मंसिर महिनामा मात्र कनेक्ट आईपीएसबाट कुल ९० अर्ब ५ लाख कारोबार भएको छ । त्यस्तै मोबाइल वालेटमार्फत हुने कारोबारमा पनि वृद्धि भएको छ । मंसिर महिनामा मात्रै कुल ९९ लाख २९ हजार ९ सय ६९ पटक कारोबार भएको छ ।

जुन कात्तिक महिनाको तुलानमा झन्डै २ लाख बढी हो । कात्तिकमा मोबाइल वालेटमार्फत कुल ९७ लाख ४९ हजार ७ सय ७ पटक कारोबार भएको थियो ।

कारोबार संख्यासँग कारोबार रकम पनि वृद्धि भएको छ । कात्तिकमा ८ अर्ब ५९ करोड २० लाख कारोबार भएकोमा मंसिरमा ८ अर्ब ९८ करोड ७० लाख कारोबार भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१